२ असोज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले फेरि आमरण अनसन सुरु गर्दैछन् । केहीबेरमा उनी अनसनमा बस्दैछन् ।
आफूसँग भएको सम्झौता सरकारले तोडमोड गरेको भन्दै केसी अनसनमा बस्न लागेका हुन् । ‘हिजो हामीले २४ घन्टा अल्टिमेटम दिएका थियौं । तर, सरकारले सच्याएन’ डा. केसीले अनलाइनखबरसँग भने-अब अनसन बस्छु ।’
सरकारसँग ११ बुँदे सहमति भएपछि डा. केसीले भदौ २० गते १४ दिन लामो अनसन तोडेका थिए ।
सरकारले शिक्षा मन्त्रीको अध्यक्षमा चिकित्सा शिक्षा आयोग गठन गरेको छ । साथै डा. केसीसँग भएको अधिकांश सहमति कार्यान्वयन भएको सरकारी अधिकारीहरुले बताएका छन् ।
तर, आफूसँग भएको सम्झौता विपरित सरकारले निर्णय गरेको केसीको आरोप छ । केसीले एमबीबीएसको शुल्क र मनसायपत्रसम्वन्धी सम्झौता प्रतिकुलको निर्णय गरेको केसीको आरोप छ ।