३१ भदौ, काठमाडौं । भारतको पन्जाबस्थिति लभ्ली प्रोफेसनल विश्वविद्यालयले एक सय ५० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
लभ्ली प्रोफेसनल विश्वविद्यालयले ‘भूकम्पपीडित राहतस्वरुप’ सो विश्वविद्यालयमा एक सय ५० विद्यार्थीलाई ३० प्रतिशतको राहत छात्रवृत्ति दिने घोषणा गरेको नयाँ पत्रिकामा खबर छ ।
विश्वविद्यालयको नेपालस्थित आधिकारिक कार्यालय हब इन्टरनेसनल एजुकेसन रहेको छ । हब इन्टरनेसनल एजुकेसनका सञ्चालक उद्धव खड्काले छात्रवृत्तिले नेपाली विद्यार्थीलाई धेरै राहत हुने बताए । लभ्ली अध्ययन गर्न चाहनेले हब इन्टरनेसनल एजुकेसनबाट सेवा तथा सुविधा पाउने उनले बताए ।