३१ भदौ, कावासोती । विगत एक महिनादेखि सदरमुकाम परासीमा लगाउँदै आएको निषेधाज्ञाको समय एक हप्ताका लागि थपिएको छ ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीका अनुसार निषेधाज्ञा असोज ७ गतेसम्म जारी रहने छ । भदौ ७ गतेदेखि परासी क्षेत्रमा निरन्तर निषेधाज्ञा जारी छ ।
विहीबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले एक हप्ताका लागि निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा जारी रहेको स्थानमा सदरमुकाम परासीको महेशपुर चोकस्थित बाईपास रोड (बालगोविन्द पेट्रोल पम्प) देखि मञ्जरीया चोकको दक्षिणबाहेकको रामग्राम नगरपालिकाको सबै क्षेत्र छन् ।
त्यस्तै परासीबाट सुनवल चोकसम्म र बर्दघाटको भूताहादेखि राजमार्ग हुँदै सुनवल चोकसम्मको १२ कि.मी. क्षेत्रको ५ सय मिटर दायाँ बायाँ निषेधाज्ञा जारी गरिएको छ ।