27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 07:19

TRENDING .

विचित्रका मान्छे, जसलाई आलु खाँदा लाग्छ र क्सीको नशा

- Advertisement -


​आलु खाँदा रक्सीको नशा ! सुन्दैमा विचित्र लाग्ने । तर अमेरिकाका एक पुरुषलाई भने यस्तै हुन्छ । उनलाई आलु खाएपछि रक्सीले जस्तै नशा लाग्छ ।

ओहियोका ३५ वर्षे निक हेसले मलाई आलुको नशा लाग्छ भनेको सुन्दा अरुले पत्याउँदैनन् । तर उनको पीडा देख्नेहरुलाई भने पत्याउन कर लाग्छ ।

आलु खाएर रक्सीको नशा लाग्ने त्यो कस्तो विचित्र होला ? आखिर कसरी सम्भव भयो यस्तो ? वास्तवमा निकमा अटो ब्रुअरी सिन्ड्रोम भन्ने रोग छ । जस अनुसार उनको पेटमा कार्बोहाइड्रेट आफै अल्कोहलमा परिणत हुन्छ ।

आफुलाई आलु खाँदा रक्सीको नशा लाग्ने समस्या भएपनि सुरुसुरुमा श्रीमतीलाई यो कुरा थाहा नहुँदा आफुमाथि रक्सी पिएको आरोप लगाएर हकार्ने गरेको उनी सुनाउँछन् । आलु खाएपछि रक्सी लागेर मात्तिएको अवस्थाका विभिन्न भिडियो पनि खिचेकी रहेछिन् उनकी श्रीमतीले । कतिपयले त उनले लुकेर रक्सी खाने गरेको र घरमा आएर आलुको नसा लागेको भनेर नाटक गर्ने गरेको आरोप पनि लगाए । तर जब डाक्टरहरुले आलुको नशा लाग्ने उनको रोग पत्ता लगाए सबै आश्चर्यमा परे ।

डाक्टरहरुका अनुसार उनलाई अटो ब्रुअरी रोग मात्र होइन पेटमा रक्सी पार्ने ढुसीको मात्रा सामानय भन्दा ४ सय प्रतिशत बढि छ ।

ताजा खबर

- Advertisement -

Related news

17 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्