३० भदौ, काठमाडौं । नेपाली कांग्रेसले असोज ३ गते संविधान जारी भएपछि दिपावली गर्न पार्टी संगठन कार्यकर्तालाई निर्देशन दिएको छ ।
कांग्रेसले विज्ञप्ति निकालेर जनताले नयाँ संविधान पाउने निश्चित भएकोमा हार्दिक स्वागत गरेको छ ।
‘यो आम नेपाली जनताको विजय हो’ कांग्रेसले भनेको छ-‘राष्ट्रको इतिहासमा एक पटक मात्र आउने यो अवसरलाई विजय र खुशीयालीका साथ घर घरमा दीपावली गरी विजयोत्सवको रुपमा मनाउन आम नागरिकमा हार्दिक आहृवान गर्दछ ।
कांग्रेसले जिल्लाका विभिन्न राजनीतिक दल, नागरिक समाज लगायत सबैलाई साथ लिएर सार्वजनिक स्थल तथा कार्यालयमा विभिन्न कार्यक्रमका साथ दीपावली गरी विजयोत्सव मनाउन जिल्ला पार्टी तथा भ्रातृ एवं शुभेच्छुक संस्थाहरुलाई निर्देशन दिएको छ ।