27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 06:52

TRENDING .

सेनाको ट्रक पल्टिँदा दुई जवानको मृत्यु,१ ४ घाइते

- Advertisement -

३० भदौ, लहान । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजारमा आज बेलुका नेपाली सेनाको गाडी पल्टिँदा दुई सैनिक जवानको मृत्यु भएको छ । घटनामा एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

लहानबाट चामल (राशन) बोकेर चोहर्वा जाँदै गरेको नयाँ गोरख गणको बा.१ ग १९१३ नम्बरको नेपाली सेना सवार ट्रक बेलुका ५ बजेतिर अचानक सडक छेउमा पल्टिएको हो । दुर्घटनामा सैनिक जवान सालिकराम सिलवाल र कुलबहादुर घर्तीको मृत्युभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी निरीक्षक अर्जुन पोखरेलले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका १४ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि सैनिक हेलिकप्टरबाट काठमाडौं लगिएको छ । अन्य घाइतेको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पोखरेलले बताए ।

गाडी तीव्र गतिमा रहेका कारण अनियन्त्रित भई पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । रासस

ताजा खबर

- Advertisement -

Related news

19 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्