27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 10:38

TRENDING .

आज तीजको दर खाइँदै

- Advertisement -


​२९ भदौ, काठमाडौं । विभिन्न मिष्ठान्न परिकारका साथ मंगलबार दर खाएर तीज पर्व मनाइँदैछ । हरितालिका तीजको अघिल्लो दिन हिन्दु नारीहरुले दर खाने प्रचलन छ । भोली पल्ट बस्ने निराहार व्रतको अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ ।

तीजको मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरुले खिर, ढकनी, हलुवा, विभिन्न मिठाई तथा दुध घ्यूबाट बनेका परिकार दरका रुपमा खाने चलन भएको छ ।

यता स्वास्थ्यकर्मीहरुले दर खाँदा स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने तत्व नखान तथा अखाद्य वस्तु, रंग हालेका मिठाई तथा विषादी हालेका तरकारी र फलफूल नखान आग्रह गरेका छन् ।

सजावटमा राखिएका मिठाई तथा फलफूल भन्दा घरमै बनाइएका ताजा परिकार खाएर तीज मनाउन चिकित्सकको सुझाव छ ।

ताजा खबर

- Advertisement -

Related news

6 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्