27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 07:39

TRENDING .

नवलपरासीमा स्कूलबसमा आगजनी, परासीका विद् यालय फेरि बन्द

- Advertisement -

२८ भदौ, नवलपरासी । नवलपरासीको परासीमा आन्दोलनकारीले विद्यालय बसमा आगजनी गरेका छन् ।

आन्दोलनकारीले आइतबार राति एक बजेको समयमा परासीको लिटल एन्जल्स उच्च माध्यमिक विद्यालयको लु १ क ९५६ नम्बरको बसमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । आगजनीबाट बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

बेलासपुरमा बन्दका कारण एक महिनादेखि रोकिराखेको बस विद्यालय खुलेपछि आन्दोलनकारीसँग अनुमति लिएर सञ्चालन गर्न थालिएको भएपनि आन्दोलनकारी कै अर्को समूहले बसमा आगजनी गरेको विद्यालयका प्रिन्सिपल सुमनगोपाल आचार्यले बताए ।

बेलासपुरबाट आएको बसलाई दुई जनाको समूहमा आएका आन्दोलनकारीले रामग्राम नगरपालिका ४ मा जलाइदिएका हुन् ।

आन्दोलनकारीले परासी क्षेत्रमा विहान विद्यालय खोल्न र सांझ बजार खोल्न सहमत भएका थिए ।

सोमबार देखि आन्दोलनकारीहरुले पुनः विद्यालय बन्द गराउंदै हिडेका कारण आजदेखि पुनः विद्यालय बन्द भएको प्याब्सनले जनाएको छ ।
रामकुमार श्रेष्ठबाट

ताजा खबर

- Advertisement -

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्