27 C
Kathmandu
Tuesday, March 9, 2021
2021 Mar 09, Tuesday 05:51

TRENDING .

तराईमा जारी आन्दोलनबारे संयुक्त राष्ट्र संघको चासो

- Advertisement -

२७ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघले तराईमा भएका घटनाबारे एक सातामा दुईपटक चासो व्यक्त गरेको छ । अन्तर्राष्ट्रिय समुदायले सहमतिमा संविधान जारी गर्न आग्रह गरेका छन् । सरकार भने ‘दुईतिहाइ मत’बाट जारी हुने नयाँ संविधानलाई अन्तर्राष्ट्रिय समुदायले स्वागत गर्ने विश्वासमा छ ।


​राष्ट्रसंघले १७ भदौमा विज्ञप्ति जारी गरी तराईमा भएका आन्दोलनप्रति राखेको चासो शनिबार पुन: दोहोर्‍याएको हो । २१ भदौमा संघीय समाजवादी फोरमले महासचिव वान की मुनलाई चिठी लेखेको थियो । राष्ट्रसंघका महासचिव वान की मुनले चिठीको प्रसंग उल्लेख नगरी आन्दोलनकारीलाई हिंसा रोक्न र सरकारलाई वार्तामार्फत शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको नयाँ पत्रिकामा खबर छ ।

महासचिव मुनका प्रवक्ता स्टेफेन डुजारिकले शनिबार न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा वार्ताका लागि दुई दिनसम्म संविधान निर्माण प्रक्रिया स्थगन गर्ने दलहरूको निर्णयको मुनले स्वागत गरेको बताएका छन् । उनका अनुसार महासचिवले अर्थपूर्ण छलफलका लागि यो अवसरलाई सदुपयोग गर्न आग्रह गरेका छन् ।

‘महासचिव मुनले नेपालमा भएका पछिल्ला हिंसाबाट नागरिकहरूको मृत्यु भएको घटनाप्रति चिन्ता र चासो प्रकट गर्नुभएको छ,’ प्रवक्ता स्टेफेनले भने, ‘महासचिव मुनले नयाँ संविधानको अन्तिम तयारीमा रहेको नेपालको परिस्थितिलाई नजिकबाट नियालिरहनुभएको छ । अहिंसा र वार्तामा उहाँले जोड दिनुभएको छ र शान्तिपूर्ण प्रदर्शन तथा अभिव्यक्तिको स्वतन्त्रतालाई महत्त्व दिनुभएको छ ।’ मधेसी दलको मागअनुसार संविधानसभाको प्रक्रिया दुई दिन लम्बिए पनि सघन वार्ता भएको छैन । मुनले १७ भदौमा जारी गरेको विज्ञप्तिमा पनि सम्झौताको स्पिरिटका आधारमा समाधान खोज्न आग्रह गरेका थिए । उनले सुरक्षाकर्मीको प्रयोग रोक्न आग्रह गरेका थिए भने कुनै पनि हिंसाको निन्दा गर्दै सम्बन्धित सरोकारवालहरू छलफलमा बस्नुपर्नेमा जोड दिएका थिए ।

ताजा खबर

- Advertisement -

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्