27 C
Kathmandu
Sunday, March 7, 2021
2021 Mar 07, Sunday 12:00

TRENDING .

रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईक ो मृत्यु

- Advertisement -

२६ भदौ, नवलपरासी । नवलपरासीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

Nawalparasiगैडाकोट ११ मा शुक्रबार राति रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा एकको घटनास्थलमै र एकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी गैडाकोट १४ सल्लाघारी बस्ने कमल थापा र अमरापुरी बस्ने २८ वर्षका राजीव मल्ल रहेका छन् । दुर्घटनामा घाइते भएका रतनपुर ६ बस्ने २२ बर्षका टंकबहादुर सारुको भरतपुरमा उपचार भइरहेको छ ।

राति १० बजेको समयमा गैडाकोटको भेडाबारीमा बिग्रेर रोकिएको ना ४ ख ७३२५ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १८ प २९६० नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
रामकुमार श्रेष्ठबाट

ताजा खबर

- Advertisement -

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्