24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

वार्ताको वातावरण बनाउन बाबुराम सक्रिय

- Advertisement -Flowers in Chania

२६ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादी नेता डा. बाबुराम भट्टराईले आन्दोलनरत पक्षसँग वार्ता गर्ने वातावरण बनाउन पहल थालेका छन् ।

भट्टराईले सत्तारुढ र आन्दोलनरत मधेसी मोर्चाका नेताहरुसँग कुराकानी गरेका छन् । अनौपचारिक कुराकानी गरेर विश्वासको वातावरण बनाउने र त्यसपछि वार्ता गर्न भट्टराईले पहल थालेका हुन् ।

भट्टराईले तमलोपाका सर्वेन्द्रनाथ शुक्ला, वनमन्त्री महेश आचार्य, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, एमालेका सुरेन्द्र पाण्डे र विष्णु पौडेलसँग टेलिफोनमा कुराकानी गरेका छन् ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पनि सम्वाद गर्ने भट्टराईको प्रयास रहेको उनको निजी सचिवालयले जनाएको छ ।
दलहरुबीच सहमतिको वातावरण बनाएर अधिकतम सहमतिमा संविधान जारी गर्नु पर्ने नेता भट्टराईको जोड छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

30 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्