27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 10:10

TRENDING .

चितवनमा सुत्केरी र बच्चाको मृत्युपछि अस् पतालमा तनाव

- Advertisement -

​२५ भदौ, चितवन । पाठेघर फुटेर सुत्केरी हुन आएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा चित्रवन नगरपालिका वडा नं ८ की ३० वर्षीया मञ्जुकुमारी महतो हुन् ।

उनलाई सुत्केरी बेथा लागेपछि भदौ २२ गते भरतपुरको ओम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा बच्चा जन्माउने क्रममा उनको पाठेघर फुटेर शिशुको समेत मृत्यु भएको अस्पतालले जनाएको छ ।

भदौ २३ गते सामान्य प्रक्रियाबाट सुत्केरी गराउने क्रममा उनको पाठेघर फुटेको र ओम अस्तालमा उपचार सम्भव नभएपछि भरतपुर अस्पतालमा पठाइएको अस्पतालका चिकित्सक डा विनोद पाठकले बताए । उपचारका क्रममा महतोको बिहीबार राति मृत्यु भएको थियो ।

उपचारका क्रममा महतोको चिकित्सकको लापर्बाहीका कारण मृत्यु भएको भन्दै उनका आफन्तले शुक्रबार बिहानैदेखि अस्पताल अगाडि नाराबाजी गरिरहेका छन् । उनको उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग गर्दै उनीहरुले नाराबाजी गरेका हुन् । रासस

ताजा खबर

- Advertisement -

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्