27 C
Kathmandu
Tuesday, March 2, 2021
2021 Mar 02, Tuesday 01:55

TRENDING .

एसएलसी पूरक परीक्षाको उत्तरपुस्तिका अलप त्र शिक्षकले उत्तरपुस्तिका नजाँच्दा नतिजाम ा ढिलाइ

- Advertisement -

२४ भदौ, काठमाडौं । एसएलसीको पूरक परीक्षा दिएका विद्यार्थीहरु नतिजा कुरेर बसिरहेका छन् । तर, केही जिल्लाका शिक्षकहरुले अहिलेसम्म उत्तरपुस्तिका नजाँच्दा नतिजा आउन ढिलाइ भएको छ ।

शिक्षकहरुको आन्दोलनका कारण एसएलसी पूरक परीक्षाको उत्तरपुस्तिका जाँच्ने काम प्रभावित भएको छ ।

आफूहरुसँग विगतमा भएका सहमति कार्यान्वयन नगरिएको विरोधमा देशभरका शिक्षकहरु यतिबेला आन्दोलनमा छन् । उनीहरुले सरकारलाई असहयोग गर्ने उद्देश्यले उत्तरपुस्तिका परीक्षण नगर्ने निर्णय गरेका छन् ।

अरु जिल्लामा उत्तरपुस्तिका परीक्षण भैसके पनि काठमाडौं र ललितपुरका आन्दोलनरत शिक्षकहरुले भने उत्तरपुस्तिका जाँचेका छैनन् ।

लामो समयसम्म जिल्ला शिक्षा कार्यालयमै थन्किएका उत्तरपुस्तिकाहरुलाई हाल सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा थन्क्याइएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘शिक्षक महासंघको आन्दोलनका कारण कापी जाँच्न ढीलो भयो, ती कापीहरु केन्द्रमै ल्याएर जाँच्ने काम सुरु गरिएको छ ।’

अरु जिल्लाहरुमा भने उत्तरपुस्तिका परीक्षणमा कुनै समस्या नभएको उनले जानकारी दिए ।

‘भदौ अन्तिममा रिजल्ट’

काठमाडौं र ललितपुरका शिक्षकहरुले कापी नजाँचेकै कारण एसएलसी पुरक परीक्षाको नतिजा प्रकाशनमा केही ढिलाइ हुने भएको छ । तर, भदौ महिनाभन्दा पर नजाने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

‘नजाँचिएका ठाउँका कापी दुई-तीन दिनमा जाँचेर सकिन्छ,’ परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले अनलाइनखबरसँग भने, ‘यसअघि भदौ तेस्रो साताभित्र रिजल्ट आउँथ्यो, यसपटक भदौ अन्तिममा रिजल्ट आउँछ ।’

गत साउन २० गतेदेखि २७ गतेसम्म एसएलसी पुरक परीक्षा भएको थियो । दुई विषयमा अनुत्तिर्ण भएका १ लाख २० हजार ५४८ जनाले पुरक परीक्षा दिएका थिए ।

शिक्षकको आन्दोलन जारी छ : निरौला

अस्थायी शिक्षकहरुलाई प्रक्रिया पुर्‍याएर स्थायी गर्नुपर्ने र विगतमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै शिक्षक महासंघको अगुवाइमा आन्दोलन भइरहेको छ ।

सरकारले शिक्षकहरुसँग वार्ता गर्न सहसचिव डा. हरि लम्सालको संयोजकत्वमा समिति पनि गठन गरेको छ । तर, शिक्षकहरुले त्यसलाई अस्वीकार गर्दै सहसचिवसँग वार्ता नगर्ने अडान लिएका छन् ।

शिक्षक महासंघका अध्यक्ष केशव निरौलाले अनलाइनखबरसँग भने, ‘विगतमा मन्त्रीसँग वार्ता भयो, सचिवसँग वार्ता भयो तर माग सम्वोधन भएन, अब सहसचिवसँग वार्ता गर्नुको औचित्य छैन, हाम्रो आन्दोलन जारी रहन्छ ।’

ताजा खबर

- Advertisement -

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्