27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 07:22

TRENDING .

हजका लागि नेपाली मुस्लिम टोली साउदी आइपुग ्यो

- Advertisement -

एनपी प्रधान (भरत)

साउदी अरब । मुस्लिम समुदायको पवित्र तीर्थस्थल साउदी अरेबियाको मक्कामदिनामा हज गर्नका लागि नेपालबाट मुस्लिम समुदायको पहिलो टोली साउदी अरेबिया आईपुगेको छ । साउदीको जेद्धास्थित अन्र्तराष्टिय बिमानस्थलमा मंगलबार बिहान १ सय ८१ जनाकोे पहिलो टोली साउदीआईपूगेको हो ।​

केन्द्रीय हज कमिटीका अध्यक्षता मोहम्मद मियाँसहित साउदी आएको हज टोलीलाई साउदीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मा तथा जेद्धास्थित महावाणिज्य दूतावासका कार्यबाहक महाबाणिज्यदूत सुधीर भट्टराईले विमानस्थलमा स्वागत गरेका थिए ।

हज टोलीलाई मंगलबार नै मक्कासम्म जानका लागि यातायात लगायत आवश्यक सेवाको ब्यवस्था गरिएको कार्यबाहक राजदूत शर्माले जानकारी दिए । साउदी आउने हज टोलीलाई विमानस्थलमा हुन सक्ने सम्भाबित समस्याहरुलाई ध्यानमा राखेर दूतावासले सहजीकरणको ब्यवस्था मिलाएको शर्माले बताए ।

हज गर्न आउने नेपाली टोलीका लागि विमानस्थलदेखि मक्कासम्म पुग्नका लागि यातायातका साथै आवश्यक सहजीकरणको ब्यवस्था मिलाईएको छ । साउदी सरकारले हज गर्नका लागि नेपाललाई उपलब्ध गराएको एक हजार कोटाअन्र्तगत १४ सेप्टेम्बर सम्मबिभिन्न समूहमा गरी ८ वटा टोली साउदी आउने दूतातावासले जनाएको छ । यसपटक साउदी अरेबियामा हज गर्नका लागि देशभरबाट एक हजार ४ सय १६ जनाले आवेदन दिएका थिए ।

मुस्लिम धर्मका पाँचवटा महत्वपूर्ण धार्मिक कार्यअनुसार इमान, नमाज, रोजा, जकातमध्ये हजसमेत एक महत्वपूर्ण धार्मिक कार्य मानिन्छ ।

इस्लाम धर्मावलम्बीको जीवनमा एक पटक गर्नैपर्ने धार्मिक तीर्थयात्रामध्ये साउदी अरेबियाको मक्कामदिनाको यात्रामा पुगेर गरिने धार्मिक कार्यलाई ‘हज’ भनिन्छ । मुस्लिममा हज गर्नु अत्यन्त उत्तम र पुनितकार्य मानिन्छ । हजयात्रीले बकरइदको बेला साउदी अरबस्थित मक्का मदिना सरिफमा सामूहिक नमाज पढ्ने चलन छ ।

ताजा खबर

- Advertisement -

Related news

7 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्