27 C
Kathmandu
Tuesday, March 9, 2021
2021 Mar 09, Tuesday 06:47

TRENDING .

मेजरको फुली लगाएर ठग्ने भगौडा पक्राउ

- Advertisement -

२३ भदौ, काठमाडौं । ओखलढुङ्गा बिलन्दु-६ का कृष्णबहादुर खत्री नेपाली सेनाका भगौडा सिपाही हुन् । तर, उनले मेजरको फुली लगाएर धेरैजनालाई ठग्न भ्याए ।

सेनाको विकास निर्माण कार्यदल गण नं.२ बाट ०६९ बैशाखमा भागेका उनी सेनाको मेजर हुँ भन्दै ठगी गरेको अभियोगमा पक्राउ परेका छन् । ठगी गर्ने क्रममा आफू मेजर हो भन्ने देखाउन उनले सेनाको ड्रेस र मेजरको फुलीसमेत लगाएर हिँड्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनले सेनाको सह-सेनानीको दर्जानीचिन्ह चुस्ता ड्रेसमा लगाएको फोटो फेसबुकमा राखेको पाइएको छ । उनले सेनाको पोशाकको दुरुपयोग गर्नुका साथै शान्ति सेनामा पठाइदिन्छु भनी ठगी गरेको भन्दै जंगीअड्डाले कारवाहीका लागि महानगरीय प्रहरी अपराध महाशाखालाई आग्रह गरेको थियो ।

अपराध महाशाखाबाट खटिएको टोलीले खत्रीलाई चितवन प्रहरीको समन्वयमा चितवनबाट पक्राउ गरेको छ । उनी गत वर्ष असारमा पनि ठगी मुद्दामा पक्राउ परेर धरौटीमा छुटेको खुल्न आएको छ ।

प्रहरीका अनुसार खत्रीले कञ्चनपुर भीमदत्त नगरपालिका-१८ का जोनी शाहलाई सेनाको कल्याण कोषबाट २ लाख रुपैयाँ विनाब्याज निकालिदिने तर, ५० हजार धरौटी राख्नुपर्छ भन्दै ठगेका थिए । त्यस्तै ओखलढुङ्गा पलापु ४ का रामहरी सुवेदीलाई सेनामा जागिर लगाइदिन्छु भन्दै १ लाख रकम ठगेको पाइएको छ ।

ताजा खबर

- Advertisement -

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्