27 C
Kathmandu
Tuesday, March 2, 2021
2021 Mar 02, Tuesday 12:57

TRENDING .

बर्दघाटमा आन्दोलनकारी र प्रहरीबीच झडप

- Advertisement -

2011020819271100001400710000222925२३ भदौ, कावासोती । नवलपरासीको बर्दघाटमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेको छ । थरुहट-थारुवान तथा आदिवासी जनजाति संयुक्त संघर्ष समितिको विरोध सभामा सहभागीहरुले ढुंगा प्रहार गरी गुडिरहेको लु १ ख ८७२० नम्बरको मिनीमाइक्रो बसको सिसा फुटाइदिएपछि प्रहरीले लाठीचार्ज गरेको थियो । त्यसपछि स्थिति तनावग्रस्त भएको थियो । आन्दोलनकारीहरुले पहिचान सहितको संघियता लागु गर्नुपर्ने, धर्म निरपेक्षता कायम हुनुपर्ने, आदिवासी जनजातिहरुसँग सरकारले गरेका सम्झौता लागु गर्नुपर्ने लगायतका माग राख्दै चिसापानी चोकमा कोणसभा गरेका थिए । कोणसभालाई थरुहट-थारुवान तथा आदिवासी जनजाति संयुक्त संघर्ष समिति बर्दघाटका संयोजक सूर्यमान चौधरी, नेपाल मगर संघ बर्दघाटका यमबहादुर गुरुङ, श्यामसुन्दर चौधरी, विजुला श्रेष्ठ लगायतले सम्वोधन गरेका थिए । कोणसभा अघि त्रिवेणी चोकबाट र्‍याली निकालिएको थियो ।

ताजा खबर

- Advertisement -

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्