२३ भदौ, काठमाडौं । पेशागत संगठनहरुको सञ्जाल पापडका पदाधिकारीहरुले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग भेट गरेका छन् ।
गच्छदारलाई भेटेर आफूहरुले संविधानसभाको प्रक्रियाबाट बाहिर नजान आग्रह गरेको नेपाल बार एशोसिएसनका उपाध्यक्ष टीकाराम भट्टराईले अनलाइनखबरलाई बताए ।
भेटबारे जानकारी दिँदै भट्टराईले भने- ‘हाम्रो डेलिगेसन टोलीले उहाँलाई कार्यालयमा भेटेर तत्कालै संविधानसभाको प्रक्रियामा सहभागी हुन अनुरोध गरेका छौं ।
पापडमा वकिल, प्राध्यापक तथा इञ्जिनियरहरुका पेशागत संगठनहरुको संस्थागत आवद्धता छ ।