27 C
Kathmandu
Tuesday, March 2, 2021
2021 Mar 02, Tuesday 01:02

TRENDING .

सदभाव भड्काउनेलाई पक्रन गृहमन्त्रीको नि र्देशन

- Advertisement -

२२ भदौ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले शान्ति सुरक्षा कायम गर्न कुनै पनि किसिमको छुट वा सम्झौता नगरिने बताएका छन् ।

बैठकमा गृह प्रवक्ता एवं सहसचिव लक्ष्मीप्रसाद ढकाल, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, महानगरीय प्रहरी कार्यालय तथा पाँचै क्षेत्रका प्रहरी प्रमुखहरु एवं प्रहरी प्रधान कार्यालयस्थित बरिष्ठ प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।गृहमन्त्री गौतमले शान्ति सुरक्षाको अवस्था एवं उत्पन्न चुनौतीबारे मंगलबार प्रहरी प्रधान कार्यालयमा महानगरीय प्रहरी कार्यालय र पाँचैक्षेत्रका प्रहरी प्रमुखहरुलाई बोलाए समीक्षा बैठक गरेका छन् ।

बैठकमा गृहमन्त्री गौतमले हाल देखिएका विभिन्न खाले बिकृतिलाई कारबाहीको दायराभित्र ल्याउनुपर्ने बताएका छन् । उनले सुरक्षा व्यवस्था थप सुदृढ गर्नुपर्ने बताउनुभयो ।

उनले अपराध गर्न उक्साउने, सदभाव भड्काउनेलाई पक्राउ गर्न निर्देशन दिएका छन् । गृहान्त्री गौतमले चेकजाँच कार्यलाई अझै कडाईकासाथ अगाडि बढाउन निर्देशन दिए ।

गृहसचिव सूर्यप्रसाद सिलवालले बर्तमान अवस्थामा शान्ति सुरक्षा कायम गर्नकालागि सुरक्षा निकायले अझै सक्रियताकासाथ काम गर्नु पर्ने बताए ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरी जनशक्ति हरहमेशा फिल्डमा खटिन सक्ने गरी तयारी हालतमा रहेको जानकारी दिए ।

ताजा खबर

- Advertisement -

Related news

17 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्