27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 05:53

TRENDING .

निजामति सेवा दिवसमा सेवाग्राहीलाई सम्मान

- Advertisement -

photo nark tqr

कावासोती, २१ भदौ  । निजामति सेवा दिवसको अबसर पारेर जिल्ला विकास समिति नवलपरासीले आफ्नो पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ ।

गैंडाकोट  नगरपालिकाबाट पञ्जिकरण शाखामा  सामाजिक सुरक्षा भत्ता मिलाउने काम लिएर   कार्यालयमा पुगेकी पहिलो सेवाग्राही नन्दकुमारी  विकलाई  डायरी , कमल , फुलगुच्छा र अविरले सेवामा स्वागत सहित सम्मान गरिएको निमित्त स्थानीय विकास अधिकारी  प्रकाश पन्थीले जानकारी दिए ।   सरकारी कार्यालयमा जाँदा स्वागत पाए पछि विक  फुरुङ्ग भएकी छिन्  ।

सरकारी कार्यालयमा जाँदा काममा झन्झटिलो हुने  सुन्नु भएकी उनले स्वागत सहित सजिलै सेवा पाउदा खुसी भएकी हुन्  । चितवनबाट बसाइसाई गरी गैंडाकोट नगरपालिकामा आएकी हुन् । सामाजिक सुरक्षा भत्ता गैंडाकोट बाटै पाउनको लागि कागजपत्र चाहिएको थियो  । पहिलो सेवाग्राहीको रुपमा दलित, एकल महिलालाई सम्मान गर्न पाउदा खुसी भएको निमित्त स्थानीय विकास अधिकारी पन्थीले बताए   ।

निजामति सेवा दिवसमा कर्मचारीहरुले जिल्ला विकास समितिको कार्यालय परिसरमा सरसफाई गरेका छन्  ।  यस्तै कावासोती नगरपालिकाले पनि आफ्नो पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ । मञ्च स्थापना गरेर भन्दा यस्ता कार्यक्रमले सेवाग्राही र कर्मचारी बीच सम्बन्ध राम्रो बनाउने भएकाले यस पटकको निजामति दिवसमा  सेवाग्राही सम्मान कार्यक्रम गरेको जिल्ला विकास समिति नवलपरासीले जनाएको छ ।

-सिटिसंदेश

ताजा खबर

- Advertisement -

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्