कावासोती, २१ भदौ । नवलपरासीको देवचुली–१४ स्थित मनकामना आमा समुहले १० जना बृद्धबृद्धालाई सम्मान गरेको छ । हरितालिका तीजको अबसरमा यहाँका बृद्धबृद्धालाई सम्मान गरिएको हो ।
७० बर्ष देखि माथिका बृद्धबृद्धालाई सम्मान गरिएको मनकामना आमा समुहकी अध्यक्ष दीपा सापकोटाले बताइन । समाजमा बृद्धबृद्धालाई हेला गर्ने भएकाले उनीहरु प्रति सम्मानको भावाना जगाउन सम्मान कार्यक्रम गरिएको उनले बताइन । खगीसरा भुसाल, बामदेव भट्टराई, टिका भट्टराई, पुरुषोत्तम चापागाई, परमानन्द पाण्डे, दिनानाथ घिमिरे, पुरुषोत्तम बस्याल, साबित्री रिजाल, नन्दकला सापकोटा र वीरबहादुर बस्याल सम्मानित भएका हुन् ।
कार्यक्रममा लक्ष्मी भुसाल, कमला घिमिरे र प्रेमकला चापागाई , सुवास सापकोटा लगाएकाले बोलेका थिए । भने समुहकी अध्यक्ष दीपा सापकोटाको अध्यक्षता कार्यक्रम भएको थियो ।
-सिटिसंदेश