27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 02:54

TRENDING .

सलमान–कट्रिना फेरि सँगै?

- Advertisement -

salman-katrina-600x0भाद्र २२, २०७२- कुनै बेला प्रेम चक्करमा थिए सलमान खान र कट्रिना कैफ। ऐश्वर्या रायसँगको प्रेम असफल भएपछि एक्लिएका सलमानलाई कट्रिनाले साथ त दिइन्, तर त्यो धेरै समय चलेन। उनी सलमान छोडेर रणवीर कपुरतर्फ ढल्किइन्।
सलमानलाई कट्रिनाका गडफादर मान्दा पनि फरक पर्दैन। बेलायतमा मोडलिङ गर्दागर्दै सन् २००३ मा ‘बुम’ मार्फत बलिउडमा आए पनि उनको कतै नाम थिएन। फिल्म असफल रह्यो। एक त हिन्दी भाषामा कमजोर, त्यसमाथि डेब्यु फिल्म असफल भएपछि कट्रिनालाई दोहोर्‍याउन चाहने कोही देखिएन। यस्तोमा सलमानले नै उनलाई दुई वर्षपछि ‘मैंने प्यार क्यूँ किया’ मा चान्स दिए। उक्त फिल्म चले पनि कट्रिनाको भाग्य भने फेरि पनि चलेन। अन्तत: उनै सलमानले फेरि ‘पार्टनर’ मा खेलाए।

यसपछि भने कट्रिनाले पछाडि फर्केर हेर्नुपरेको छैन। झन् सलमानको प्रेमिकाका रूपमा चिनिएपछि त कट्रिना बलिउडमा एकाएक चर्चामा रहिन्। सलमानसँग पनि लगालग ‘युवराज’ र ‘एक था टाइगर’ मा खेलिन्।

जब सलमानसँगको प्रेम ताडियो, तब कट्रिना सलमानसँग फिल्ममा पनि देखिन छोडिन्। तर यति बेला पुन: दुई बीच सँगै फिल्ममा देखिने सम्भावनाबारेमा खबर आएको छ। अतुल अग्निहोत्रीले आफ्नो नयाँ फिल्ममा सलमान र कट्रिनाको जोडीलाई पुन: दोहोर्‍याउन
लागेका छन्।

‘मैले अतुलको आगामी फिल्ममा काम गर्न लागेको भन्ने सही हो, तर यस बेला म योभन्दा बढी केही बताउन सक्दिनँ,’ सलमानले फिल्ममा कट्रिनाको संलग्नताबारे मिडियाले सोधेको जिज्ञासामा भने, ‘फिल्ममा कट्रिना छिन् भने त मलाई झन् खुसी लाग्नेछ। तर यसबारेमा मलाई केही थाहा छैन।’

सलमानले अतुलसँगको सहकार्यमा सन् २०११ मै ‘बडिगार्ड’ खेलिसकेका छन्। यसमा सलमानको अपोजिटमा करिना कपुर थिइन्। प्रेम र एक्सनको मिश्रण रहने बताइएको नयाँ फिल्मलाई कवीर खानले निर्देशन गर्ने भएका छन्। यदि सलमानसँग कट्रिना खेल्ने पक्का भएमा दुईको यो पाँचौं सहकार्य हुनेछ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्