27 C
Kathmandu
Tuesday, March 9, 2021
2021 Mar 09, Tuesday 07:30

TRENDING .

रेखालाई बिहे गर्न मन छ, तर केटा भेटिएको छैन

- Advertisement -

दुबइमा आयोजना भएको ‘तीज विशेष’ कार्यक्रममा सहभागी हुन पुगेकी नायिका रेखा थापाले रातो लेहेङ्गा लगाइन् । नेपालमा आयोजना भएका कार्यक्रममा रेखाले यस्तो पहिरन लगाएकी थिइनन् ।

रातो सारी लगाएपछि रेखालाई कतै बिहे गर्न त मन लाग्न थालेको होइन ? अनलाइनखबरसँग कुरा गर्दै रेखाले भनिन्-‘बल्ल त रातो सारी सुहाउन थालेको छ ।’

उनलाई ज्योतीषले वि.सं २०७३ पछि मात्र लगन छ भनेका छन् । सायद, ज्योतीषका कुराले पनि रेखाको मनमा तरंग ल्याइदिएको हुनसक्छ । रेखालाई बिहे गर्न मन लागेको त छ, तर केटा नभेटेको गुनासो उनले गरिन् ।

रेखाले भनिन्-‘सबैले बिहे गर त भन्छन्, तर बेहुला खै त ?’ उनलाई चाहिएको बेहुला कस्तो हो त-‘तीजको दिनमा ब्रत बस्ने अनी मात्र भन्छु ।’

बिहे र प्रेमको बिषयमा कलाकारहरु सधै नै चर्चामा र मिडियाको घेरामा रहन्छन् । कुनै समय नायक राजेश हमाल बिहेको प्रश्नमा घेरिएका थिए । रेखाले केही समय अगाडि अनलाइनखबरसँग कुरा गर्दै २ बर्ष भित्र बिहे भए गर्ने नत्र नगर्ने बताएकी थिइन् । तीज कार्यक्रममा नेपालीहरुले देखाएको मायाले आफू अत्यन्त उत्साहित भएको उनको भनाई छ ।

ताजा खबर

- Advertisement -

Related news

3 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्