मुम्बई । एक वर्ष अघिसम्म कट्रिना कैफ र करिना कपुर एक अर्काको प्रतिस्पर्धी मानिन्थे । तर, रणबीर कपुर र कट्रिनाको सम्बन्ध गाढा भएपछि करिनाको कट्रिनाप्रतिको हेराई बदलिएको छ । कट्रिनाको हाकाहाकी प्रसंसा सुरु गरेकी छिन करिनाले ।
‘रणबीरका लागि कट्रिना पर्फेक्ट लाईफ पार्टनर हो ।’ करिनाले भनेकी छिन् । त्यसो त पछिल्लो समय करिनाले कट्रिनालाई हरेक कुरामा पर्फेक्ट देख्ने गरेकी छिन् ।
गत वर्ष उनले ‘कफी वीथ करण’ मा रणबीर कट्रिनाको रोमान्सको खुलासा गर्दै भाउजु भनेर सम्बोधन गरेकी थिइन् । केही दिन अघि करिनाले घरमा पार्टी गर्दै कट्रिनालाई मुख्य अतिथी बनाएकी थिईन् ।