27 C
Kathmandu
Friday, February 26, 2021
2021 Feb 26, Friday 09:53

TRENDING .

पवित्र धार्मिक ग्रन्थ बेद र आइन्स्टाइन ! व िज्ञान र धर्मग्रन्थको तथ्य

- Advertisement -

आइन्स्टाइनले सापेक्षतावासको सिद्धान्त कसरी प्रतिपादन गरे?
bramha-150x150
ब्रह्माको आयु कति हुन्छ?

हिन्दु धर्म अनुसार सृष्टीकर्ता मानिने ब्रह्माको आयु उनकै १०० बर्ष हुन्छ। त्यस्तै पृथ्वीमा मानिसलाई १०० वर्ष उमेर दिइएको कुरा त विभिन्न पौराणिक कथाहरुमा सुन्दै आएको हो।bramha फरक के भयो त? ब्रह्मा र मानिसको उमेर त एउटै भएन र? तर ब्रह्माको १०० वर्ष उनकै समय अनुसारको १०० वर्ष हो जुन पृथ्वीको १०० वर्षको अवधि भन्दा लाखौ लाख वर्ष ठुलो हुन्छ।

पृथ्वीको वर्षसंग तुलना गर्ने हो भने ब्रह्माको १ दिन पृथ्वीमा १००० महायुग हुने विभिन्न पुराणहरुमा उल्लेख पाइन्छ।

१ दिव्य वर्ष‍ ३६० मानव वर्ष बराबर हुन्छ।
१ महायुगमा ४ युग हुन्छ।
सत्य युग ‍ १,४०० दिव्य वर्ष
त्रेता युग ३,६०० दिव्य वर्ष
द्वापर युग २,४०० दिव्य वर्ष
कलि युग १,२०० दिव्य वर्ष

१ महायुग ‍ १२,००० दिव्य वर्ष

अर्थात १२,००० दिव्य वर्ष = १२०००*३६० मानव वर्ष
१००० महायुग = १ कल्प = ब्रह्माको १ दिन
अर्थात ब्रह्माको १ दिन बित्दा पृथ्वीमा ४,३२०,०००,००० बर्ष बितिसकेको हुन्छ।

विज्ञानले के भन्छ?

सन् १८७९ मा जर्मनीमा जन्मेका अल्बर्ट आइन्स्टाइनलाई ‘अहिले सम्मकै बुद्धिमान’ मानिसको रुपमा बुझिन्छ। सन् १९२१ मा उनले प्रतिपादन गरेको ‘फोटोइलेक्ट्रिक इफेक्ट’ सिद्धान्तको लागि नोबेल पुरस्कार पाए। तर उनको बढी चर्चा भने पिण्ड-शक्ति समिकरण ( E = mc2 ) को लागि भयो।

अहिले भौतिकशात्रको खम्बाको रुपमा लिइने ‘सामान्य सापेक्षतावादको सिद्धान्त’ जब उनले सार्वजनिक गरे विश्वमा औलामा गन्न सकिने मानिसले मात्र बुझेको कथा अहिले पनि उस्तै छ। अझै पनि एकै पटकमा आइन्स्टाइनको यो सिद्धान्त बुझ्न गाह्रै हुन्छ।

सापेक्षतावादको सिद्धान्त दुईवटा छ, एउटा विशेष अनि अर्को सामान्य।

सापेक्षतावादको सिद्धान्तले एउटा महत्वपुर्ण अर्को सिद्धान्त ‘टाइम डाइलेसन’को बारेमा जानकारी दिन्छ। ‘टाइम डाइलेसन’ले गति वा गुरुत्वबल अनुसार समयमा कसरी असर पर्छ भनि बताउँछ।

पृथ्वीबाट रेकेटमा बसी अन्तरिक्षमा गएका मानिसको समय हाम्रो भन्दा ढिलो चल्छ। अर्थात अन्तरिक्षमा लामो समय बिताएर पृथ्वीमा आएका अन्तरिक्षयात्रीको उमेर पृथ्वीको मानिसभन्दा कम बितेको हुन्छ।

सजिलो तरिकाले बुझ्दा हाम्रो एक सेकेन्ड भन्दा अन्तरिक्षमा गएका मानिसको एक सेकेन्ड लामो हुन्छ। तर हामीले अनुभव गर्दा १ सेकेन्ड जति लामो हुन्छ अन्तरिक्षमा गएका ती मानिसले पनि उनीहरुको १ सेकेन्ड सामान्य नै अनुभव गरेका हुन्छन्। तर जब उनीहरुले बिताएको समय त पृथ्वीमा बितेको समयको तुलना गरिन्छ, पृथ्वीको समय छिटो अनि अन्तरिक्षको समय ढिलो हुन्छ।

अन्तरराष्ट्रिय स्पेश स्टेशन पृथ्वीलाई परिक्रमा गरिरहने भु-उपग्रह हो। पृथ्वीबाट रकेटमा बसी यो स्टेसनसम्म जान सकिन्छ। यो भु-उपग्रहमा अन्तरिक्षयात्री अध्ययन तथा अनुसन्धान गर्न बस्ने गर्छन। ६ महिना त्यहाँ बस्ने मानिसको उमेर पृथ्वीमा बस्नेको भन्दा केही कम हुन्छ, अर्थात त्यहाँ समय ढिलो चल्छ। तर जम्मा ०.००५ सेकेन्डले मात्र ढिलो। यो भु-उपग्रह प्रतिसेकेन्ड ७.७ किलोमिटरको गतिले पृथ्वीको परिक्रमा गर्छ। यदि यो गति निकै धेरै हुने हो भने ‘टाइम डाइलेसन’ को असर पनि धेरै हुने गर्छ।

आइन्स्टानको अनुसार प्रकासको गतिमा यात्रा गर्ने हो भने समय रोकिन्छ। प्रकाशको गति २९९,७९२,४५८ मिटर प्रति सेकेन्ड हुन्छ। तर दुर्भाग, अहिलेको प्रविधिले प्रकाशको गतिमा यात्रा गर्नु असम्भव छ। तर आइन्सटाइनको यो सिद्धान्त धेरै पटक प्रमाणित गरिेसकिएको छ। प्रमाणित मात्र हैन यो सिद्धान्तको प्रयोग नै भइरहेको छ।

gps device‘जिपिएस’ (Global Posotioning System -GPS) को बारेमा त पक्कै सुन्नु भएको छ। तपाई पृथ्वीको कुन ठाँउ, अनि कति उचाइमा हुनुहुन्छ भनि बताउने एउटा उपकरण हुन्छ जसले अन्तरिक्षमा भएका स्याटेलाइटसंग सम्पर्क गरि पृथ्वीमा तपाई कुन ठाँउमा हुनुहुन्छ भनि बताइदिन्छ। ‘जिपिएस’ प्रणालीको लागि अन्तरिक्षमा भएका ती स्याटेलाईटले सहि समय मापन गरेको हुनुपर्छ। यदि आइन्स्टाइनको ‘टाइम डाइलेसन’ को सिद्धान्त प्रयोग गरि उक्त भु-उपग्रहको समय पृथ्वीसँग नमिलाउने हो भने प्रत्येक ६ महिनामा ०.००५ सेकेन्डको दरले समय फरक नापिन्छ जसले ‘जिपिएस’ प्रणाली पुरै काम नलाग्ने बन्छ।

तपाई छिटो गतिमा यात्रा गर्नुहुन्छ भने तपाईको समय स्थिर बस्नेको भन्दा ढिलो चल्छ। अर्थात ढिलो बुढो भइन्छ। त्यस्तैगरि धैरे गुरुत्वबल भएको ठाँउमा समय ढिलो चल्छ। अन्तरिक्ष केन्द्र(भु-उपग्रह) ७.७ किलोमिटर प्रतिसेकेन्डको गति घुम्दछ जसले गर्दा त्यहाँ समय ढिलो चल्छ। तर त्यहाँ गुरुत्वबल पनि कम हुन्छ अर्थात समय केही छिटो चल्छ। कम गुरुत्वबल भएको ठाँउमा समय छिटो चल्ने हुन्छ। त्यहाँ गुरुत्वबल केही कम त हुन्छ नै तर ‘उच्च गति’को प्रभाव ‘कम गुरुत्वबल’को भन्दा बढी हुन्छ। जसले उच्च गति हुँदाको प्रभाव बढी देखिन्छ, अर्थात समय ढिलो चल्छ।

मानौ तपाई प्रकाशको गति समानको गतिमा यात्रा गर्दै हुनुहुन्छ। तपाईको समय ढिलो चल्छ र अन्यको समय तपाईको समयभन्दा छिटो चल्छ। तपाइ केही मिनेटमा त्यसरी यात्राबाट फर्कदा पृथ्वीमा केही दिन, हप्ता वा वर्षौ बितेको हुन सक्छ। २०७२ सालमा अत्यन्त छिटो गतिमा तपाई केवल ५ मिनेट यात्राको लागि उड्नु भयो। तपाई ५ मिनेट यात्रा गर्दा पृथ्वीमा २०७२ साल सकिएर २०७३ साल भइसक्ने छ। यसको अर्थ केबल ५ मिनेट यात्रा गरि फर्कदा तपाई १ वर्ष पछिको भविष्यमा जान सक्नु भयो। तर यसको लागि अत्यन्त छिटो गतिमा उड्ने विमानको आवश्यकता पर्छ।

अहिलेसम्मको रेकर्डमा मानवसहित सबैभन्दा बढी गतिमा उड्ने सक्ने विमानले ७,२५८ किलोमिटर प्रति घण्टाको रेकर्ड राखेको छ। यो गतिमा उडेर १ सेकेन्ड अगाडीको भविष्यमा जान्छु भन्नु पनि असम्भव छ। अब केबल प्रकाशको गति नजिक रहेर यात्रा गर्न सकिने प्रविधिको विकासको लागि समय कुर्नुनै पर्ने देखिन्छ। तपाई जति गतिमा यात्रा गर्नुहुन्छ त्यति नै बढी शक्ति उक्त गति कायम गर्नको लागि चाहिन्छ। प्रकाशको गतिमा यात्रा गर्न असिमिती शक्तिको जरुरत पर्दछ। यो शक्ति र गतिको गणित आइन्स्टाइनकै E = mc2 समिकरणले दिन्छ।

तर कुनै यस्तो ग्रह जाँहा गुरुत्वबल निकै बढी छ, त्यहाँ गएर पृथ्वीमा फर्कन सकियो भने पनि केही समय अगाडीको भविष्यमा जान सकिन्छ। अब ब्रह्माको उमेर सम्झनुहोस्। मानिसको १०० वर्ष उमेर भएझै ब्रह्माको उमेर उनकै १०० वर्षको छ। ‘उनकै १००’ को अर्थ हुन्छ ब्रह्मा र मानिसको समय फरक फरक छ।

कि त ब्रह्मा निकै गुरुत्वबल भएको ग्रहमा बस्छन्। जसले गर्दा उनले समय ढिलो चल्छ। अनि पृथ्वीको समय छिटो चल्छ।
कि त ब्रह्मा निकै छिटो गतिमा यात्रा गर्दैछन्। जसले गर्दा उनको समय ढिलो चल्छ अनि पृथ्वीमा समय छिटो चल्छ। समय ढिलो चल्नुको अर्थ उनको १ दिनबराबर पृथ्वीमा हजारौ वर्ष बित्नेछ।

ब्रह्मासँग जुन प्रविधि छ, त्यो निकै परिस्कृत छ। जुन समयदेखि ब्रह्माको बारेमा कथा लेखियो, धार्मिक ग्रन्थहरुमा मन्त्र लेखियो, सायद उनी त्यो बखत पृथ्वीमा आइपुगेका थिए। पृथ्वीका ऋषि-महर्षीहरुले ब्रह्माको स्तुतिलेखे। सायद त्यो बेला प्रविधिलाई शब्दमा भन्न असम्भव भयो।कहिल्यै नसोचेको अनि नदेखेको कुरा शब्दमा कसरी उतारुन। त्यसैले ब्रह्मालाई निकै ठुलो देवता मानियो। किनकी उनले अलौकिक काम गर्न सक्थे। आज पृथ्वीमा ब्रह्मा आएर तपाईलाई भेटेर गए। यदि उनीसंग अत्यन्त छिटो गतिको यान छ भने केही मिनेट वा घण्टाको यात्रा पछि ब्रह्मा फर्कदा तपाईको छोरा, नाति, वा पनाति भइसकेका हुनेछन्।

कि भने आइन्स्टाइनको यो सिद्धान्त गलत हुनु पर्छ। तर यहि सिद्धान्तमा आधारित भएर विभिन्न उपकरण बनाइएका छन् जुन अहिले पनि प्रयोगमै छन र उपयोगि पनि छन्। अर्थात सिद्धान्त गलत छैन। कि आइन्स्टाइनले हिन्दु धर्मकै ग्रन्थहरुबाट समयको धारणा विकास गरेको हुनुपर्छ। एउटा धारणा विकास गरेपछि सोही धारणालाई गणितीय सुत्रबद्ध गरेका त हैनन आइन्स्टाइनले?
धार्मिक ग्रन्थको महत्व- तर ग्रन्थ बुझ्ने मानिस भएनन!

ऋग्वेदमा सूर्यको स्तुती गर्ने एक मन्त्र पढेर सायनाचार्यले एउटा अर्को मन्त्र लेखेका थिए, आज हैन पौराणिक कालमा।

तथा च स्मर्यते योजनानां सहस्त्रं द्वे द्वे शते द्वे च योजने एकेन निमिषार्धेन क्रम
माण नमोऽस्तुते॥

यो वाक्यमा “द्वे द्वे शते द्वे” को अर्थ हुन्छ, “२२०२” र “एकेन निमिषार्धेन” को अर्थ “आधा निमिष” हुन्छ । अर्थात सूर्यलाई स्तुति गर्दै यो भनिएको छ की, सूर्यबाट निस्केको प्रकाश आधा निमिषमा(झपकी/तत्काल) २२०२ योजन सम्मको यात्रा गर्छ|

आजको एकाई अनुसार, एक योजन बराबर ९ मील हुन्छ तथा एक निमिष बराबर १६/७५ अर्थात 0.213333333333333 सेकेन्ड हुन्छ|

२२०२ योजन = १९८१८ मील = ३१८९३.९७९३९२ कि.मी
आधा निमष = ०.१०६६६६६६६६६६६६ सेकेन्ड
अर्थात ०.१०६६६६६६६६६६६ सेकेन्डमा सुर्यको प्रकाश ३१८९३.९७९३९२ कि.मी यात्रा गर्छ।
अर्थान १ सेकेन्डमा सुर्यको प्रकाश २९९,००६.०५६८००००२ किलोमिटर प्रतिसेकेन्ड यात्रा गर्छ।

यसरी ऋग्वेदको मन्त्रलाई अंकमा बुझ्दा प्रकाशको गति २९९,००६.०५६८००००२ किलोमिटर प्रतिसेकेन्ड हुन आयो।

विज्ञान के भन्छ?

प्रकाशको गति २९९७९२४५८ मिटर प्रति सेकेन्ड हुन्छ अर्थात २९९७९२.४५८ किलोमिटर प्रतिसेकेन्ड हुन्छ। पहिलो पटक सन् १६७६ मा प्रकाशको गति मापन गरिएको थियो। हिन्दु धर्मको ऋग्वेद कति वर्ष पुरानो हो? ऋग्वेदमा र वैज्ञानिक प्रयोगमा प्रकाशको गति किन समान हुन आयो? वेदमा के छ? अहिलेका वेद ज्ञाता भनिने पुरुषलाई गएर सोधौं, के हो वेद? संस्कृतका स्लोकले भरिएको पवित्र मानिने धर्मग्रन्थमात्र हो की अरु पनि केही छ वेदमा?

‘वेद जति पश्चिमाले लगे, उनीहरुको देश विकास गरिसके’, वेद र प्रविधिको कुरा आउदा हामीले भन्ने गरेका वाक्य हो यो। वेद अनि हिन्दु धर्मका पुराना ग्रन्थहरु निकै हजार वर्षसम्म पुराना छन्। अर्थात धेरै वर्ष पुरानो इतिहास अनि पहिल्यै जानिसकिएका तथ्यहरु छन् धार्मिक ग्रन्थमा। केवल संस्कृतका स्लोक रट्दैमा स्वर्ग पुगिन्छ भन्नेले नै यी धार्मिक ग्रन्थको अवमुल्यन गर्दैछन्। यो त एक ज्ञान दिने पुस्तक हो। ती संस्कृतका शब्द पुराना भए तर अर्थ पुरानो भएको छैन। अहिलेको बुझ्ने शब्दमा ती श्लोकहरु बुझ्न जरुरी छ। ‘नभए चीज हामीसंग थियो, प्रयोग गर्न जानेनौ अहिले यस्तो हालत भयो’ भन्ने स्थिति नआओस।

ताजा खबर

- Advertisement -

Related news

111 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्