27 C
Kathmandu
Sunday, March 7, 2021
2021 Mar 07, Sunday 12:24

TRENDING .

हिन्दु सनातन वैदिक परम्पारामा जात के हो?

- Advertisement -

।। समानप्रसवात्मिका जाती ।। (न्यायशुत्र)
अर्थात,जसको जन्म( उत्पती) प्रकृयाको मूल श्रोत एक समान हुन्छ, त्यो समान प्रकृतिको उत्पती या जन्मको समुहलाइ नै जाती भनिन्छ। तसर्थ हाम्रा पुर्वज ऋषि हरुले फरक फरक प्रकृयाबाट उत्पती भएका समुहका जातिहरुलाइ प्रथामिकताको आधारमा मूलत: स्थूलरुपमा चार भागमा बिभाजन गरिएको पाइन्छ।यस्तै प्रसङ्गहरु श्रीमदभागवत, स्कन्दपुराणहरुमा पनि उल्लेख गरिएको पाइन्छ।
१. उभ्दिज: जरा भएका( जरायुज) माटोमा उम्रने रुख बोट विरुवाहरु( वनस्पती) बर्ग।
२. अण्डज: अण्डाबाट जन्म उत्पती हुने पंछी, सरिसृप( सर्प गोहि छेपारो आदि) ।
३. पिण्डज: मानव लगायत पशुहरु( स्तनधारी ) ।
४. उष्मज: तापक्रम या वातवरणिय अनुकुलताको संयोगको कारणले उत्पती हुने बिबिध सूक्ष्म जीवणु ब्ब्यक्टेरिया भाइरस आदि ।
हरेक जाती विशेष प्राणी या वनस्पतिमा शारिरिक ( स्थूल ) रुपमा समानाअ पाउछौ।एक प्रकृतिको आधारमा उत्पती( जन्म) भएको जाती फरक प्रकृयाबाट उत्पती( जन्म ) भएको अर्को जातिमा कदापी परिवर्तन हुन या फरक प्रकृति भएका जाती बिच एक आपसमा सन्तान उत्पती गर्न सक्दैन।सायद यहि शास्त्रीय मान्यतानुसार आधुनिक विज्ञानले एकै समुहका जातिहरु भित्र पनि विभिन्न प्रजातिहरुको वर्गिकरण गरेको हुन सक्छ।जस्तो गाई र भैंसी जाती समूह एउटै भए पनि फरक प्रजाती( विग्यानले सहजताको लागि गरेको समान जाती समूह भित्रको फरक प्रकृयाको बर्गिकरण) हुन।तसर्थ यहानेर विज्ञान पनि वैदिक शास्त्रीय शुत्रकै बिस्तृत रुप हो भन्दा अतियुक्ती नहोला। तर हामी यश सन्सारका मानव त एकै प्रजातिका हौ र त ससारका जो सुकै मानवहरु बिच सन्तान उत्पती गर्न सहज सम्भव छ त्यसैले पनि ” बसुधैवकुटुम्बकम” भनिएको हुन सक्छ।
सनातन सत्य यहि हो कि समस्त मानव मात्र मनुष्य जात हो।तसर्थ हिन्दु सनतन वैदिक शास्त्रमा ब्रम्हाण, क्षेत्री , वैश्य, शुद्रको लागि प्रयोग गरिएको सहि शब्द ” वर्ण ” हो जात होइन।10845994_610905135705873_2151921684335189876_n
अझ स्पस्ट हुन प्रमाणकोरुपमा केही वैदिक शास्त्रीय ऋचाहरु पनि प्रस्तुत गर्न उपुयुक्त देखिन्छ, जस्तै:
एकवर्णमिदं पुर्व विस्वमासिद युधिस्ठर।।
कर्म कृया विभेदन चातुर्वर्ण्यं प्रयिस्ठितम।।
सर्वे वै योनिजा मर्त्या: सर्वे मूत्रपुरोषजा।।
एकेन्द्रीयेन्द्रीयार्थ्वस्छ तस्माच्छिल गुणैद्विज: ।।
शुद्रोs पि शिल सम्पन्नों गुणवान् ब्रम्हाणो भवेत।।
( महाभारत वन पर्व )
अर्थात, पहिले एक वर्ण मात्र थियो पछि कर्म गुण भेद को भिन्नताको आधरमा चार वर्ण बन्यो। सबै मानव एकै प्रकारले जन्म हुन्छ।सबै मनुष्यको एकै किसिमको इन्द्रीयहरु हुन्छ।तसर्थ जन्मको आधारमा जाती मान्न उचित छैन।यदि शुद्र असल( ब्रम्हाण योग्री ) कर्म गर्दछ भने उसलाइ ब्रम्हाण नै मान्नु पर्दछ।त्यसरी नै ब्रम्हाण कर्तब्यच्यूत भएर निच कर्म गर्दछ भने उसलाइ शुद्र भन्दा पनि नीच मान्नु पर्दछ।
” क्षत्रीयतजातमेदं तु विध्याव्दैश्यात तथैव च”
( मनुस्मृती )
आचरणमा परिवर्तन ल्याएर शुद्रबाट ब्रम्हाण हुन सक्छ त्यसरी नै निच आचारणको कारण ब्रम्हाण शुद्र हुन सक्छ। यहि कुरा क्षत्री एवं वैश्यमा पनि लागू हुन्छ।
” जातिरिती च न चर्मणो न रक्तस्य मांसस्य न चास्थिन,न जातीरात्मानो जातीव्यवहार प्रकल्पिता।।” ( नीरावलम्वोपनिषद )
अर्थात, जाती छालाको होइन, रगतमासुको होइन,हाडको होइन, आत्माको होइन ।यो त केवल लोक व्यवस्थापनको लागि कल्पना गरि बनाइएको व्यवस्था हो।
हिन्दु सनातन धर्म ग्रन्थ अनुसार बिगतका युगहरुमा गुण कर्म भेदको आधरमा नै वर्ण ( वर्तमानमा भनिएको जात) प्राप्त हुने गर्दथियो भन्ने केही शास्त्रीय प्रमाण हरु निम्न छन:-
१. ऐतरेय उपनिषदका रचनाकार ऐतरेय ऋषि एक अपराधी ( दास ) का पुत्र थिए।दास पुत्र भएर पनि उहाले गुण कर्म स्वभावले उच्चकोटिको ब्रम्हाण वर्ण प्राप्त गरे।
२. क्षत्रीय राजा नेदिस्टको छोरा नाभाग वैश्य भए।उनका कतिपय छोराहरु ले क्षत्री वर्ण प्राप्त गरे।( विष्णु पुराण ४.२.३ )
३. क्षत्री वर्णमा जन्मेका शौनकले ब्रम्हाणत्व प्राप्त गरे। ( विष्णु पुराण ४.८.१ )
४. शौनक ऋषिका छोराहरु आ- आफ्नो कर्मानुसार
ब्रम्हाण कस्तरी वैश्य शुद्र भए।( वायु पु. ,विष्णु पु. ,हरिवंश पुराण )
५. मातंग चान्डल पुत्र भएर पनि ब्रम्हाण बने।
६. त्रीशंकु क्षत्रीय राजा भएर पनि उसको कर्मफलले चाण्डल भए।
७. ऋषि पुलस्त्य को नाति भएर पनि रावण राक्षस( महाशुद्र ) भए।
हो, समय समयमा बारम्बर चार वर्ण भनेको जन्मले प्राप्त गर्ने जात होइन यो त केवल गुण कर्म भेदले प्राप्त गर्ने वर्ण( बर्ग) हो हिन्दु सनातन धर्म शास्त्रहरुले सवधान गरिरहेको छ।यद्यपि वर्तमान युगमा हिन्दु धर्म भनेको मानवले मानवलाइ उच नीच जातको दर्जा दिएर विभाजन गरि ब्रम्हाण ( बाहुन) लेशोषण गतेको धर्मको नाममा प्रचार भैरहेको छ, फलस्वरुप हीन्दु सनातन धर्ममाथी बिभ्न्न क्षेत्रबाट आघात पुर्याइरहेको अवस्था छ। आज यो हिन्दु सनातन धर्मलाइ यो अवस्थामा पुर्याउने सम्पुर्ण दोष, आम हिन्दुहरुले स्वीकारी आएको ब्रम्हाण( बाहुन) वर्गले नै जिम्मेवारी लिनु पर्दैन र ? किनभने, वैदिक सनातन धर्म ग्रन्थहरुलाइ स्वार्थवस टेढोमेढो गरि यथार्थलाइ ढाक्छोप गरेर एकछत्र धर्मको नाममा शसन ब्रम्हाण( बाहुन) बर्गले नै गरेको त स्वीकार्नै पर्छ। त्यसो हो भने वैदिक हिन्दु सनातन शस्त्रमा मानव कल्याणको लागिव्यवस्थित गरिएका शास्त्रीय शुत्रहरुको जस्ताको तस्तै व्याख्या गरि आम मानवलाइ सनातन हीन्दु धर्म परम्परा हाम्रो भन्ने महशुस गराउने वातावरण को निर्माण पनि त ब्रम्हाण( बाहुन) बर्गकै होइन र ? क्षत्री वैश्य शुद्र( कथित जाती) को नाममा युगौदेखी शोषित भएर बसेकाहरुले पनि विश्वमा सनातन धर्मको समूल नाश गरि म्लेक्ष( दस्यु) धर्म स्थापना गर्न अहोरात्र लागि परेका वर्गहरुको भ्रामक झूटो प्रचारवाजिको पछि नलागी ,आफ्नो पुर्वजको धरोहर सनातन हिन्दु धर्म भित्र भएका यथार्थलाइ खोजी गरि उच्चकोटिको ब्रम्हाण बन्ने साहस गर्नु नै वैदिक सनातन हीन्दू धर्म रक्षार्थ महायज्ञ हो। ॐ शान्ती

ताजा खबर

- Advertisement -

Related news

50 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्