काठमाडौं । कोरियाली स्मार्टफोन उत्पादक सामसुङले आफ्नो अहिलेसम्मको सवैभन्दा पातलो स्मार्टफोन ‘ग्यालेक्सी ए ८’ सोमबारदेखि नेपाली बजारमा बिक्री सुरु गरेको छ ।
५.९ एमएम मोटाइ रहेको यो मोबाइल सामसुङले उत्पादन गरेका स्मार्टफोनमध्ये सवैभन्दा पातलो हो । ५.७ इन्चको एचडी डिस्प्लेयुक्त स्त्रिmन रहेको यो मोबाइलमा १६ मेगापिक्सेल क्यामेरा प्रयोग गरिएको छ ।
‘स्टाइलिस डिजाइन र पावरफुल क्यामेराका कारण यो सेगमेन्टमा ग्यालेक्सी ए ८ सवैभन्दा उत्कृष्ट फोन हो भन्ने हाम्रो विश्वास छ’ सामसुङ मोबाइलका नेपाल प्रमुख प्रणयरत्न स्थापितले भने-‘स्टाइल र पावरको यो जति उत्कृष्ट संयोजन अरु हुन सक्दैन् ।’
नेपाली बजारमा ५३ हजार ९ सय रुपैयाा पर्ने यो फोन स्मार्टफोनका पछिल्ला ट्रेन्ड पछ्याउने युवापुस्तालाई लक्षित गरिएको छ ।
यस्ता छन् फिचर
एन्ड्रोइड ललिपप ५.१.१ भर्सनबाट चल्ने यो स्मार्टफोनमा १.८ गिगाहर्जको अक्टाकोर प्रोसेर र २ जीवी र्याम रहेको छ । ३२ जीवी आन्तरिक मेमोरी छ भने माइक्रोएसडी मार्फत थप ३२ जीवी मेमोरी थप्न सकिन्छ ।
सुपर एमोलेड एचडी प्रविधिमा आधारित ५.७ इन्च स्क्रिन रहेको छ । दुईवटा नानो सिमका लाग्ने यो फोनमा एउटा सिम निकालेर त्यसको सट्टा १२८ जीवीसम्मको माइक्रो एसडी कार्ड प्रयोग गर्न सकिन्छ ।
होम बटनमै फिंगरपि्रन्ट सेन्सरसमेत जडित छ । पछिल्ला डिजाइन ट्रेन्डलाई पछ्याएको यो फोनको कभर पूर्ण मेटलले बनेको छ जसले गर्दा प्रयोगकर्ता पि्रमियम फोनको अनूभुति गर्न पाउनेछन् ।
१६ मेगापिक्सेलको रेयर क्यामेराले तपाई निकै चम्मिकलो तस्वीर खिच्न सक्नुहून्छ, जसमा फेस डिटेक्सन अलार्म सुविधा पनि छ । ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरामा बिभिन्न सेल्फी मोडहरु राखिएको छ ।
पोट्रेट मोडमा यसले १२० डिग्रिको वाइड सेल्फी पनि लिन सकिन्छ अथार्त ग्रुप सेल्फीका लागि यो क्यामेरा उत्तम छ । अल्ट्रा वाइड सट, जीआइफ सुटिङ, अटो सेल्फी मोड, भ्वाइस सेल्फी मोड लगायतका बिशेषता छन् ।
३०५० एमएएचको शक्तिशाली ब्याट्रीका कारण तपाईले चार्ज सकिने चिन्ता मान्नुपर्दैन् । नेपाली बजारमा यसको मूल्य ५३ हजार ९ सय रहेको छ ।