27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 07:16

TRENDING .

सामाजिक सञ्जालमा लेखेर केही परिवर्तन हुँदैन : नाना पाटेकर

- Advertisement -

nana-patekar-600x0भाद्र २१, २०७२- नाना पाटेकरले अभिनय गरेको फिल्म ‘वेलकम ब्याक’ अहिले प्रदर्शनमा छ । यी ६४ वर्षिय अभिनेताले अभिनय थालेकै ४२ वर्ष भयो । यो समयमा उनले अनेक भूमिकामा अभिनय गरे । उनीसँगहिन्दुस्तान टाइम्सले गरेको कुराकानीको अनुदित अंश :[box type=”tip” fontsize=”14″ radius=”10″]जब हामीले आफ्नै सबै संवेदना समाप्त पार्छौं, त्यसपछि हामीसँग सृजना गर्ने शक्ति बाँकि रहदैन । त्यसपछि मानिस छिटो पैसा कमाउनतिर लाग्छ ।[/box] तपाईं खासै धेरै चर्चामा रहनुहुन्न किन ? पछाडि रहने कुराले मलाई फिल्म उद्योगमा ४२ वर्षसम्म टिक्न मद्दत गर्‍यो । जता पनि जहाँ पनि देखिने भइयो भने यति लामो समय टिक्न सकिदैन । म विनाकारण समाचार बनिरहन चाहन्नँ । तपाईका लागि ‘स्टारडम’को कहिल्यै कुनै विशेष अर्थ रह्यो ? जब क्यामेरा चल्छ म अभिनय गर्छु, अरु बेला म एकदम सामान्य मानिस हुँ । ‘स्टारडम’ भनेको क्षणीक कुरा हो । यो सँधै रहदैन, कुनै न कुनै दिन यसको चमक खुइलिन्छ । जब सकिन्छ तब ‘स्टारडम’बिना बाँच्न गाह्रो हुन्छ । यसैले मलाई अटोरिक्सामा हिँड्न पनि अप्ठ्यारो लाग्दन । किनभने, कुनै बेला थियो जब मसँग अटोरिक्सा चढ्ने पनि पैसा हुन्थेन । तपाईंको खुला प्रकृतिको बोली र व्यवहारका कारण विवाद र फिल्म उद्योगमा कतिपयसँग तपाईंको सम्बन्ध पनि बिग्रियो हैन ? मैले सानैदेखि जीवनमा दुख देखेको, भोगेको छु । यसैले कुनै मानिस, विषय र कुराहरुलाई हेर्ने मेरो तरिका अरुको भन्दा फरक हुनसक्छ । कुनै निर्माता वा निर्देशकले मलाई ठीक नलागेको कुरामा जब मलाई जबरजस्ती सम्झाउन खोज्छ, त्यस्तोमा अनि झगडा पर्छ । यसैले मानिसहरुले मलाई बुझेर नै फिल्ममा लिने हो । मलाई फिल्ममा लिनेलाई मसँग काम गर्न गाह्रो हुन्छ भन्ने थाहा हुन्छ । सन् २०१० मा तपाईंले आफ्नो फिल्म ‘तुम मिलो तो सही’को प्रचारका लागि भनेर ट्विटर एकाउन्ट खोल्नुभयो । तर तपाईं सक्रिय हुनु भएन । किन ? सामाजिक सञ्जालमा तपाईंले आफ्नो विचार अभिव्यक्त गरेर त्यसले कुनै समस्याको समाधान गर्दैन । त्यो विषयमा तपाईंले केही ठोस काम नै गर्नुपर्छ । महत्वपूर्ण कुरा तपाईंले के लेख्नुहुन्छ भन्ने होइन, त्यसका लागि के गर्नुहुन्छ भन्ने हो । म कुनै विषयमा टिप्पणी गर्नुभन्दा विषयको गहिराईमा पुगेर त्यसको समाधान पत्ता लगाउने प्रयास गर्नेछु । तपाईंले अहिले मराठी फिल्मलाई बढी ध्यान दिनुभएको हो ? होइन । मैले एउटा मराठी फिल्म ‘नटसम्राट’मा मुख्य भूमिकामा अभिनय गरेको हुँ । अहिले मराठी सिनेमामा केही गजबका काम भइरहेका छन् । यस्तै काम भइरहँदा आफूलाई मन परेको काम रोजेर गर्न पाइन्छ । होइन भने त यहाँ सबै मुसे दौडमा छन्, आफूलाई अभिनेता सावित गर्न लागिपरहेका छन्, आफ्नै बढाईमा लागेका छन् । जब तपाईं छान्न पाउनुहुन्छ भने राम्रो फिल्म किन नछान्ने ? बलिउडमा अहिले बनिरहेका रिमेक फिल्महरुप्रति तपाईंको धारणा के छ ? जब हामीले आफ्नै सबै संवेदना समाप्त पार्छौं, त्यसपछि हामीसँग सृजना गर्ने शक्ति बाँकि रहदैन । त्यसपछि मानिस छिटो पैसा कमाउनतिर लाग्छ । यस्तोमा रिमेक सबभन्दा सजिलो हुन्छ । हामीसँग राम्रो कथा र लेखकहरु छन् । तिनले नयाँ चिज लेख्छन् पनि । तर, हामी नयाँ–नवीन विचारमा लगानी गर्न इच्छुक छैनौं, किनभने यसले नाफा दिन्छ भन्ने ग्यारेन्टी हुँदैन । यहाँ निर्मातादेखि निर्देशक र स्टारसम्ममा म त्यो डर देख्छु । अनिस बज्मीको ‘वेलकम’मा अभिनय गर्न तपाईंलाई केले प्रेरित गर्‍यो ? कस्तो हुन्छ भने कहिलेकाहिं जब एकदमै गम्भीर विषयको फिल्ममा अभिनय गरिन्छ, यसले तनावग्रस्त बनाउँछ । किनभने, म त्यो चरित्रको समस्यालाई आफ्नै भन्ने ठान्छु र त्यसकै तनावमा रहन्छु । यसरी थकित हुने काम सँधै गर्न सकिदैन । यस्तोबेला हल्काफुल्का कमेडीले हल्का बनाइदिन्छ । त्यसो भए यस्ता अरु फिल्ममा पनि तपाईंलाई देख्न पाइन्छ ? यस्ता फिल्म नियमित खेल्न म सक्दिनँ । अभिनय गर्नलाई आफूसँग ‘कनेक्ट’ गर्ने केही न कुरा त चाहिन्छ । तपाईंले केही फरकखाले फिल्म निर्देशन गर्छु भन्नुभएको थियो । के भयो ? म अहिले पनि लेख्दैछु । बलिउडमा लभस्टोरीलाई खाली अंगालो हाल्ने र किस गर्ने फिल्मका रुपमा बुझिन्छ । मलाई चाहिँ साँच्चिकै प्रेममा त्यस्तो केही भन्न, गर्न पर्छ भन्ने नै लाग्दैन । म शारीरिक प्रेममा विश्वास गर्दिनँ । मैले बनाउने फिल्मले प्रेमबारे मेरो आफ्नो धारणा दर्शाउनेछ ।

ताजा खबर

- Advertisement -

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्