२० भदौ, काठमाडौं । इंग्ल्याण्डले युरो कप २०१६ मा स्थान पक्का गरेको छ । शनिबार राति भएको खेलमा सन मरिनोलाई ६–० ले पराजित गर्दै इंग्ल्याण्डले युरो कपमा स्थान बनाएको हो ।
समूह डीमा रहेको इंग्ल्याण्डको ७ खेलबाट २१ अंक छ ।
इंग्ल्याण्डले १३ औं मिनेटमा पेनाल्टी गोलबाट आग्रता लिएको थियो । उसका लागि वायन रुनीले गोल गरे । यो गोलसँगै रुनीले सर बबी चार्लटनको ४९ गोलको कीर्तिमानसँग बराबरी गरेका छन् ।
खेलको ३० औं मिनेटमा बरोलीले आत्मघाती गोल गर्दै पहिलो हाफमा इंग्ल्याण्डलाई २–० को अग्रता दिलाए ।
एक पक्षीय खेलको दोस्रो हाफको सुरुमा नै बार्कलेले गोल गरे भने ६८ औं मिनेटमा वलकटले गोल गरे । ७७ औं मिनेटमा केन र ७८ औं मिनेटमा वालकटले गोल गरेपछि इंग्ल्याण्ड ६–० ले विजयी भयो ।