27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 10:12

TRENDING .

बन्द हड्तालमा नवलपरासीका विद्यालय बन्द नगर्नेमा जोड

- Advertisement -

कावासोती, १८ भदौ  । राजनैतिक तथा अन्य बन्द हड्तालमा नवलपरासीका विद्यालयहरु बन्द  गर्न नहुनेमा सरोकारवालाहरुले जोड दिएका छन्  ।  नेपाल राष्ट्रिय अभिभावक संघ नवलपरासीले ‘देशको राजनैतिक अबस्था र विद्यार्थीको भबिश्य’ विषयमा बिहिबार गरेको अन्तरक्रियामा  सहभागी सरोकारवालाहरुले  यस्तो कुरामा जोड दिएका हुन् ।

vela _072_05_18प्रदेशको सिमांकनमा असन्तुष्ट  हुदै आएको मधेशी मोर्चा र थरुहट ÷ थारुवान संघर्ष समितिको आन्दोलनका कारण परासी क्षेत्रमा तीन साता देखि लगातार विद्यालय बन्द भएको छ  । जातिय , क्षेत्रिय , राजनैतिक दलका बन्दका कारण शान्ति क्षेत्र विद्यालय अशान्त बनेको भन्दै अभिभावक संघले सबै पक्षलाई एउटै ठाउँमा राखेर  जुन सुकै बन्दमा विद्यालय सञ्चालन हुने दिनेमा सबै पक्षलाई सहमत गराएको  नेपाल राष्ट्रिय अभिभावक संघ नवलपरासीका अध्यक्ष श्याम शर्मा भुसालले  जानकारी दिए  ।

नवलपुर क्षेत्रमा अब निर्वाध रुपमा विद्यालय चल्ने वातारण तयार भएको छ परासी क्षेत्रमा भने पुन पहल गर्नुपर्ने अबस्था छ अध्यक्ष भुसालले भने–‘ विद्यालय खोल्न जसरी सर्वपक्षिय पहल भएको छ त्यसरी नै अधिकारका लागि भएका आन्दोलनमा सहयोग गर्नुपर्छ भन्ने  कुरा आयो तर विद्यालय बन्द गर्ने भनेर कसैले भनेन’ ।

दाउन्ने पूर्वका विद्यालयहरु कहिले खुल्ने, कहिले नखुल्ने भएको छ भने  परासी क्षेत्रमा विद्यालय खुल्न सकेको छैन । यो प्रतिबद्धताले सबै तिर विद्यालय खुल्ने वातारण तयार हुने अध्यक्ष शर्माले  जिकिर गरे । जिल्लाका राजनैतिक दलका प्रतिनिधिहरु जिल्ला शिक्षा अधिकारी खड्कबहादुर कमाल, संघका केन्द्रीय धर्मदत्त देवकोटा, नेपाल आदिवासी जनजाति महासंघकी उपाध्यक्ष रमिला,  भुजेल, प्याब्सन, एनप्याब्सन,  जातिय संगठनका प्रतिनिधिहरु अभिभावक लगाएको सहभागी रहेको थियो  ।

 

ताजा खबर

- Advertisement -

Related news

34 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्