24.1 C
Kathmandu
Friday, April 19, 2024
Flowers in Chania

बर्दियामा प्रदर्शनकारीको आक्रमणबाट प्रहरी हबल्दारको मृत्यु

- Advertisement -Flowers in Chania

१८ भदौ, गुलरिया । बर्दियाको मैनापोखर बजारमा प्रदर्शनकारीको आक्रमणमा परेका प्रहरी हबल्दार देबबहादुर पाण्डेको उपचारको क्रममा मृत्यु भएको छ । बर्दियाको गुलरिया-नेपालगञ्ज सडकखन्ड अन्तर्गत मैनापोखर बजार नजिकै प्रहरी हबल्दार पाण्डेमाथि आक्रमण भएको थियो ।

Dev-Bahadur-Pandeyउनको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘धारिलो हतियार प्रहार भएको थियो अत्यधिक रक्तश्रावले मृत्यु भयो ।’

यसअघि गत सात गते कैलालीको टीकापुरमा प्रदर्शनकारीसँग झडप हुँदा एक एसएसपीसहित ९ जनाको मृत्यु भएको थियो ।

प्रहरीले स्कोटिङ गरेर बर्दिया तर्फ लैजाँदै गरेको बसलाई शुक्रबार विहान प्रदर्शनकारीहरुले रोकेपछि मैनापोखरमा झडप भएको थियो ।

घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएको समूहसँग झडप भएपछि आत्मरक्षाका लागि प्रहरीको तर्फबाट चार-पाँच राउण्ड हवाइ फायर भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले पुष्टि गरे । बन्दकर्ताले इलाका प्रहरी कार्यालय मैनापोखरमा ढुंगामुढासमेत गरेका थिए ।

कसरी भयो झडप ?

शुक्रबार विहान काठमाडौंबाट बर्दिया सदरमुकाम गुलरियातर्फ आइरहेका रात्री बसहरुलाई आन्दोलनकारीहरुले मैनापोखरमा रोकेका थिए । प्रहरीले स्कोटिड गरी गाडी गुलरिया लैजान खोज्दा विवाद भयो । त्यही क्रममा आन्दोलनकारीहरुले प्रहरी माथि घरेलु हतियार र ढुंगा प्रहार गरेपछि स्थिति तनावपूर्ण भयो ।

एक व्यक्तिले पाण्डेलाई भाला प्रहार गरे । उनी भुइँमा लडे । त्यसपछि प्रहरीले आत्मरक्षाका लागि हवाइ फायर गरेको थियो । झडपमा आन्दोलनकारी तर्फ पनि केही घाइते भएको बताइको छ । तर  एकीन विवरण प्राप्त हुन सकेको छैन ।

थप फोर्स परिचालन, एकजना पक्राऊ

अहिले सो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरिक्षकलाई पठाइएको प्रमुख जिल्ला अधिकारी कुँवरले बताए । अहिले अवस्था सामान्य रहेको र आन्दोलनकारीहरु तितरवितर भएको उनले जानकारी दिए ।

यसैबीच बर्दियाको बासगढी नगरपालिका ८ खानेपानी चोकमा पार्किड गरी राखिएको से ४ प २३० नम्वरको मोटरसाइकलमा विहीबार आगजनी गरेको आरोपमा सुशीलदत्त थारु (सुरेस)लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक गोविन्दराम परियारले जानकारी दिए ।

– See more at: http://www.onlinekhabar.com/2015/09/321146/#sthash.DL15f66f.dpuf

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

21 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्