27 C
Kathmandu
Thursday, March 4, 2021
2021 Mar 04, Thursday 05:54

TRENDING .

गम्भीर फिल्म पाएर खुसी करिना

- Advertisement -

01092015101257Karina_Kapoor-600x0भाद्र, २०७२- विवाहअघि जस्तो यति बेला हातमा खासै फिल्म नभए पनि करिना कपुर दुु:खी भने छैनन्। बरु उनी पुन: गम्भीर प्रकृतिका फिल्ममा काम गर्न पाएर खुसी छिन् रे।
रिलिजका क्रममा रहेको अभिषेक चौबे निर्देशित ‘उडता पन्जाब’ लाई करिनाले गम्भीर विषयको भन्दै यस्ता फिल्ममा काम गर्न पाउँदा उत्साहित रहेको बताएकी छन्। यसअघि उनले ‘ओमकारा’, ‘चमेली’, ‘तलाश’ जस्ता गम्भीर फिल्ममा देखाएको अभिनय कौशलको निकै प्रशंसा भएको थियो। तर, पछिल्ला समय करिनाका फिल्महरू खास गरी बक्स अफिसमा बिक्ने मास अपिलिङ भए पनि उनलाई सो पिसभन्दा ज्यादा क्रेडिट दिइएन।
‘उडता पन्जाब’ मा उनी लामो समयपछि पूर्वप्रेमी शाहिद कपुरसँग देखिँदै छिन्। यसअघि दुईको ‘जब वी मेट’ अत्यधिक रुचाइएको थियो। ‘उडता पन्जाब’ मा शाहिद भए पनि करिनाको जोडी भने पन्जाबी गायक/अभिनेता दिलजित छन्। यसमा आलिया भट्ट पनि देखिनेछिन्।
करिनाले फिल्ममा डाक्टरको भूमिका निर्वाह गरेकी छन्। ‘यो फिल्म एकदमै जटिल खालको र यथार्थपरक छ,’ उनले भनेकी छन्, ‘यसको कथा नै गम्भीर प्रकृतिको छ। फिल्म एकदम गजबको छ। यस्तो खालको फिल्ममा पहिले
पनि काम गरिसकेकी छु। फेरि गम्भीर कथावस्तु भएको फिल्ममै फर्कन पाउनु मेरो लागि गजबको अनुभव हो।’
करिना यति बेला अर्जुन कपुरसँग अर्को फिल्म ‘की और का’ मा पनि काम गरिरहेकी छन्। नातासम्बन्धसमेत रहेका अर्जुनसँगको तालमेल राम्रो भएकाले सुटिङमा रमाइलो भइरहेको उनले बताएकी छन्। पछिल्लो समय उनी अक्षय कुमार अभिनीत ‘ब्रदर्स’ मा ‘मेरा नाम मेरी..’ भन्दै आइटम डान्समा देखिएकी थिइन्। ‘गब्बर इज ब्याक’ मा पनि आइटम डान्समै देखिएकी थिइन्। ‘रिफ्युजी’ जस्तो वजनदार फिल्मबाट डेब्यु गरेकी करिना गम्भीर खालका फिल्म खेल्न छोडेपछि ‘दबंग २’ मा ‘फेभिकोल से…’, ‘राउडी राठौर’ मा ‘चिन्टाटा…’ जस्ता आइटम सङमा कम्मर मर्काउनमै रमाएकी थिइन्।

ताजा खबर

- Advertisement -

Related news

50 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्