27 C
Kathmandu
Thursday, March 4, 2021
2021 Mar 04, Thursday 05:29

TRENDING .

शाहिदकी प्रेरणा आलिया

- Advertisement -

Sahid kapurभाद्र १३, २०७२- बलिउड अभिनेता शाहिद कपुरले रिलिज हुने क्रममा रहेको फिल्म ‘सानदार’ आलिया भट्टका लागि खेलेको बताएका छन् । मुम्बईको एक कार्यक्रममा उनले आलियाको प्रेरणाले नै आफूले यो फिल्म खेलेको उनले बताए ।
‘म आलियासँग फिल्म खेल्न चाहन्थें, यो राम्रो अवसर थियो,’ उनले भने । विकास बहलको यो फिल्म पछि पनि शाहिद र आलिया सँगै आउँदैछन् । अभिषेक चोबेको फिल्म ‘उडते पञ्जाब’मा आलिया र शाहिदका साथ उनकी पूर्व प्रेमिका करिना कपुर पनि हुनेछिन् ।
‘यो फिल्म अहिले ठूलो जस्तो भएको छ, काम सुरु गर्दा ‘सानदार’सानो फिल्म थियो,’ शाहिदले भने, ‘त्यतिबेला मेरो हैदर रिलिज भएको थिएन, अलियाको हाइवे आएको थिएन र निर्देशक विकास बहलको क्विन पनि आएको थिएन ।’ यी तीनै फिल्म रिलिज भएर हिट भएपछि अहिले ‘सानदार’ ठूलो फिल्म बन्न पुगेको पनि उनले बताए ।

ताजा खबर

- Advertisement -

Related news

4 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्