24.1 C
Kathmandu
Friday, April 26, 2024
Flowers in Chania

रारा पुगेपछि कोमललाई फर्किन मन लाग्दैन

- Advertisement -Flowers in Chania

भाद्र १६, २०७२- गायिका कोमल अोलीलाई सलमान खान मनपर्छन् । उनको अभिनय भन्दा पनि हकी स्वभावले कोमललाई उनको प्रशंसक बनाएको हो । रारा ताल, सि फुड र आइफोन पनि उनलाई मनपर्ने कुरा हुन् । कोमललाई अरु के-के मनपर्छन् ?

02092015122647komal-600x0

ठाउँ
नेपालको रारा तालमा दुईपटक मात्रै गएकी छु। फेरि जाने धोको छ। त्यहाँ राजा महेन्द्रले बनाएको अप्सरा किनारा भन्ने ठाउँ निकै मनमोहक लाग्छ। त्यो ठाउँ पुगेपछि फर्किनै नपरे ’नि हुन्थ्यो जस्तो लाग्छ।

परिकार
त्यति चुजी छैन। भोक लागे जे पनि खाइदिन्छु। तर, स्वादकै कुरा गर्ने हो भने इटालियन फुड मन पर्छ। खास गरी पिज्जा, पास्ता, सी फुडले लोभ्याउँछ। प्राय: विदेश गएको बेला यिनै परिकार खाने गर्छु। दालभात त सदाबहार नै भइहाल्यो।

पेय पदार्थ
अल्कोहल कहिल्यै खाँदिनँ। ८ कक्षा पढदा जाँड चाखेकी थिएँ। त्यसपछि मेरो मन नै फर्किएन। जुस र पानी प्रशस्त पिउँछु।

साहित्य
मदन पुरस्कार प्राप्त साहित्यिक कृति नछुटाई पढ्ने गर्छु। पछिल्लो समय अमर न्यौपानेको ‘सेतो धर्ती’ उपन्यास निकै मन परेको थियो। संगीतसँग सम्बन्धित साहित्यमा पनि रुचि राख्ने गर्छु।

लेखक
थुप्रै छन्। सिद्धिचरण श्रेष्ठ, डायमनशम्शेर, तुलसी दिवस, युवराज घिमिरे मन पर्ने मध्येमा पर्छन्।

फिल्म
कथावस्तुमा भरपर्छ। ‘कान्छी’, ‘जीवन रेखा’, ‘चिनो’ पुरानामध्ये निकै मन पर्ने फिल्म हुन्।

अभिनेता/अभिनेत्री
अभिनेतामा बलिउडका सलमान खान सदाबहार हुन्। उनको हक्की स्वभावले मन छुन्छ। अभिनेत्रीमा बलिउडकै सुस्मिता सेन। उनको पर्सनालिटी र प्रस्तुति दुवै मन पर्छ।
गीत
‘म त खाँदिनँ कुवाको पानी…’, ‘मै छोरी सुन्दरी…’, ‘आमा रुँदै गाउँबेसी मेलैमा…’ जस्ता लोकगीत सुन्दै हुर्किएकी मलाई यस्तै गीत मन पर्छ। समयसापेक्ष नयाँ गीतहरू पनि राम्रा छन्।

गायक/गायिका
निकै रिस्की प्रश्न हो यो। तर, पुरानो पुस्तामा धर्मराज थापा, गणेश रसिक, हिरण्य भोजपुरे राम्रा गायक हुन्। गायिकामा बिमाकुमारी दुरा, हरिदेवी कोइरालाको स्वर लोकगीतमा सदाबहार लाग्छ।

ग्याजेट
आइफोनले मन चोरेको छ। डाउनलोड गर्न अलि गाह्रो लाग्छ, तर पनि यही मन पर्छ। सामाजिक सञ्जालमा तुरुन्तै आफ्ना गतिविधि दर्शकमाझ पुर्‍याउनुको मज्जै बेग्लै।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

27 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्