27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 05:42

TRENDING .

दशैंमा ‘सुश्री’ लिएर आर्यन

- Advertisement -

03092015093152sushri-aaryan-ashika-600x0भाद्र , २०७२- फिल्ममा दशैं/तिहारको रिलिज डेटलाई फलदायी मानिन्छ । त्यसैले पनि ‘अधकट्टी’, ‘ठमेल डटकम’ र ‘परदेशी’ ले दशैंको छेको पारेर दर्शक माझ आउने निश्चित गरिसकेका छन् । अब सोही मितिमा अर्को ‘सुश्री’ पनि थपिएको छ । पटकथा लेखनहुँदै पहिलो पटक निर्देशनमा हात हालेका शिवम् अधिकारीले आर्यन सिग्देल र आशिका तामांगको जोडीलाई फिल्ममा उतारेका हुन् । कमेडी शैलीको यसै फिल्मबाट आशिकाले पनि डेब्यू गर्न लागेकी हुन् ।
अब आर्यनको भिडन्त स्टारडमका हिसाबले ‘परदेशी’ का प्रशान्त तामाङसँग हुने देखिन्छ भने सुब्रत आचार्य निर्देशित ‘अधकट्टी’ र गोपीकृष्ण मुभिजको ब्यानरमा राजकुमार शर्माले निर्देशन गरेको ‘ठमेल डटकम’ पनि प्रतिष्पर्धामा दरिला फिल्म हुने ठानिएको छ ।

ताजा खबर

- Advertisement -

Related news

20 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्