बिभिन्न माग राख्दै बिभिन्न पक्षबाट बन्द आबहा्न गरिएपछि नवलपरासीको दाउन्ने पश्चिम क्षेत्रका बिद्यालय र क्याम्पसहरु लामो समयदेखी बन्द हुदै आएका छन् । बन्दको आज २५ सौ दिन पनि जारी हुदा सरकारी तथा निजी बिद्यालयहरुमा लामो समय देखी पठन पाठन अबरुद्ध हुदै आएको हो । जसका कारण बिद्याथीहरु बिद्यालय जानबाट समेत बंचित हुन पुगेका छन् ।
अखण्ड नवलपरासीको माग राख्दै अंखण्ड नवलपरासी संघर्ष समिती र मधेशको पक्षमा बिभिन्न माग राख्दै संयुक्त मधेशी मोर्चाले बन्द गराएपछि दाउन्ने पश्चिम क्षेत्रका अधिकाशं बिद्यालयहरु बन्द हुन पगेका हुन् । केही महिना अघि भुकम्पका कारण केही लामो समय बिद्यालय बन्द हुदा र यस पटकको लामो बन्दका कारण बिद्यालयमा पठन पाठन अबरुद्ध हुदा बिद्यार्थीहरुको शैक्षिक शत्रलाई समेत समस्या बनाएको पिmयुचर लाईट बोडिङ्ग स्कुलका प्रिन्सीपल अबिनाश रेग्मीले बताउनुभयो । लामो समयदेखी बिद्यालयहरु बन्द हुदा सदरमुकाम परासी सहित दाउन्ने पश्चिम क्षेत्रका संयौं बिद्यालयहरुमा पठन पाठन हुन सकेको छैन ।