27 C
Kathmandu
Tuesday, March 2, 2021
2021 Mar 02, Tuesday 01:44

TRENDING .

विद्यार्थिले शान्त संग पढ्ने वातावरण हुनुपर्नेमा सरोकार वालाहरुको जोड

- Advertisement -

पछिल्लो समय बढ्दै गएको बन्दले विद्यालयमा प्रत्यक्ष असर परेको सरोकार वालाहरुले बताएका छन् । विहिवार नवलपरासीको कावासोतीमा आयोजना गरिएको देशको अस्थिर राजनैतिक अवस्था र विधार्थिको भविष्य विषयक अन्तरक्रिया कार्यक्रममा उपस्थीतले विद्यालय शान्ति क्षेत्र भएको हुदा विद्यालयमा विद्यार्थिले शान्त संग पढ्ने वातावरण हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्यि अभिभावक संघका अध्यक्ष धर्मदत्त देवकोटा रहनुभएको थियो । कार्यक्रममा बोल्दै देवकोटाले समाजमा अझै खुल्ला प्रतिस्प्रदा गर्ने अवस्था नरहेको र तल्लो, उत्पिडित जातिलाई केहि अवसर दिएर प्रतिस्प्रदा गराउनु उत्तम रहेको र त्यस्तो एउटा शिक्षित व्यत्तिले नै पाउन सक्ने बताउनुभयो । अन्तरक्रियामा बोल्दै जिल्ला शिक्षा अधिकारी नवलपरासीका खड्क बहादुर कमालले बन्दकर्ताले आफ्नो माग राख्नु जायज भएता पनि विद्यालयलाई कुनै पनि किसिमको दबाबमा पारि बन्द गराउनु उचित नरहेको तर्क प्रस्तुत गर्नुभयो । कार्यक्रमका विशेष अतिथि रहनुभएका कमालले देशका कर्णधार निर्माण हुने मुख्य स्थल नै विद्यालय रहेको र यस्तो स्थल नै बन्द भए पछि मुलुकले कोबाट आसय लिने भन्ने कुरा मुख्य रहेको समेत बताउनुभयो । पछिल्ला दिनहरुमा शिक्षा क्षेत्र समेत प्रभाबित हुने गरी बन्द हड्ताल आयोजना गरिँदा बिद्यार्थीहरुको पढाइ र भबिष्यमा प्रत्यक्ष असर परेको कुरालाइ मध्यनजर गर्दै , सरोकारवाला निकाय, बिभिन्न राजनीतिक दल, आदिवासी जनजाति , बुद्धिजीबि समाजसेवी लगायतका निकायहरुको प्रत्यक्ष उपस्थितिमा कार्यक्रम गरिएको पनि आयोजक , नेपाल राष्ट्रिय अभिभावक सँघ नवलपरासीले जनाएको छ । कार्यक्रम जिल्ला अभिभावक संघ नवलपरासीका अध्यक्ष श्याम शर्मा भुषलको अध्यक्षतामा आयोजना गरिएको थियो ।

ताजा खबर

- Advertisement -

Related news

22 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्