27 C
Kathmandu
Saturday, March 6, 2021
2021 Mar 06, Saturday 11:13

TRENDING .

मेडिकल शिक्षामा माफियातन्त्रको छानविन गर्न राप्रपा नेपालको माग

- Advertisement -

राप्रपा नेपालले मेडिकल शिक्षामा माफियातन्त्रको छानविन गर्न संसदीय समिति गठन गर्न माग गरेको छ । सिंहदरबारमा बिहीबार पत्रकार सम्मेलन गर्दे राप्रपा नेपालका अध्यक्ष कमल थापाले मेडिकल शिक्षा माफियाको हातमा गएको भन्दै संसदीय छानविन समिति गठन गर्न माग गर्ने निर्णय गरेको बताउनुभयो । मेडिकल शिक्षामा माफियाको हात रहेको कुरा डा. गोविन्द केसीले पहिलादेखि नै बताउदै आएको भन्दै उहाले संसदीय समिति गठन गरेर छानविन गर्नुपर्ने उल्लेख गर्नुभयो । त्यस्तै उहाले संबिधान लेखनका बिषयमा बिभिन्न स्थानमा देखिएको असन्तुष्टिलाई सरकारले सम्बोधन गर्नुपर्ने पनि बताउनुभयो । अहिलेको आन्दोलनलाइ तत्का सम्बोधन गर्न नसके पछि ठूलो द्धन्द उत्पन्न हुन सक्ने उहाले जानकारी दिनुभयो । राप्रपा नेपालले संबिधान लेखनका बिषयमा सबैलाई समेटेर अघि बढ्नुपर्नेमा पनि जोड दिएको छ । त्यस्तै पत्रकार सम्मेलनमा राप्रपा नेपालले राजासहितको हिन्दुराष्ट्रका बिषयमा संसोधन दर्ता गराएको पनि जनाएको छ ।

ताजा खबर

- Advertisement -

Related news

3 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्