कावासोती, १६ भदौ । नवलपरासीको कावासोती–१६ डण्डामा गएराति मोटरसाईकलले रोकिराखेको ट्रकलाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना १४ प २४२५ नम्बरको मोटरसाईकल रोकिराखेको ना १ ख ८६६२ नम्बरको ट्रकसंग ठक्कर खादा गम्भीर घाईते भएका मोटरसाईकल चालक कावासोती–४ बस्ने ३५ बर्षीय डिलबहादुर थापाको उपचारको क्रममा चितवनमा मृत्यु भएको हो ।
रोकिराखेको ट्रक र मोटरसाईकल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रक चालक भने फरार भएका छन् ।