पुस्तक लाई माया गरौ , पुस्ताकालयको बिकास गरौ भन्ने मुल नाराका साथ आज देबचुली ११ मा समुदायको बिकासमा सामुदायीक पुस्ताकालयको भुमीका बिषयक अन्तरक्रिया कार्यक्रम गरि आठौ पुस्तकालय दिवस प्रगतिनगर सामुदायीक पुस्ताकालय तथा स्रोत केन्द्रमा मनाएको हो । आजको कार्यक्रममा पुस्ताकालय ब्यवस्थापन समितीका पदाधिकारी,युवा नेतृत्व उप समितीका पदाधिकारी,महीला उपसमितीका पदाधिकारी,बाल उपसमितीका पदाधिकारीहरुको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पुस्ताकालयको ऐतिहासीक पृष्ठभुमीको बारेमा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिब दिपक शर्माले सहजिकरण गर्नुभएको थियो । उहाँले नेपालमा बिस १८६९ भदौ १५ गते तत्कालीन राजा गिर्बाणयुद्ध शाहले सुरु गरेको र पछि राणाकालीन समयमा पनि केही बिकास भएको र जब नेपालमा प्रजातन्त्रको स्थापना भयो त्यसपछि भने पुस्ताकालयको बिकासमा महत्वपुर्ण फड्को मारेको कुरा बताउनुभयो साथै पुस्ताकालयलाई ४ भागमा बिभाजन गरिएको छ र नेपाल सरकारले पनि पुस्ताकालय तथा सुचना ब्यवस्थापन निर्देशिका २०६९ जारी गरेर पनि काम अगाडी सारेको कुरा बताउनुभयो । प्रगतिनगर सामुदायिक पुस्ताकालयको स्थापना बि.स. २०७१ मँसीर २९मा रिड नेपाल र रेष्टलेस डेभलपमेन्ट र सामुदायिक पहलमा यसको स्थापना भएको हो । पुस्ताकालयमा स्थापना पश्चात हालसम्म ८३१७ जनाले बिभिन्न सेवा सुबिधाहरु लिइसकेको कुरा पुस्ताकालयका लाईव्रेरीयन कला भुषालले बताउनुभयो । यो पुस्ताकालयमा ५ ओटा कक्षहरु रहेको छ । जसमा बाल कक्ष , युवा कक्ष, महिला कक्ष,आईसीटी कक्ष र पुस्ताकालय कक्ष रहेको छ र यहाँ सबै सेवा सुबिधाहरु निशुल्क रुपमा प्रदान गर्ने गरेको र यसबाट सवैभन्दा बढी बालबालिका र युवाहरुले फाईदा लिएको कुरा पनि उहाँले बताउनुभयो । कार्यक्रममा उपस्थित बालबालिका र युवाहरुले पनि अहिलेसम्म यस पुस्ताकालयबाट पाएको सेवा र सुबिधाको बारेमा समेत बताएका थिए । धेरै जस्तो बालबालिका र युवाहरुले यस पुस्ताकालयले बाल कक्ष र युवा कक्षको स्थापन गरेको र यसले हामीलाई आपनो बिकासको साथमा आपना अनुभबहरु पनि आदानप्रदान गर्न पाएको कुरा बताएका थिए । कार्यक्रममा यस पुस्ताकालय लाई दिगो रुपमा सञ्चालन गरिनुपर्ने र पुस्ताकालयको बिकासमा सबै लाग्नको लागि समेत छलफल कार्यक्रमममा आएको थियो । कार्यक्रमको अन्त्यमा बोल्ने पुस्ताकालय ब्यवस्थापन समितीका सचिव रुद्र चापागाईले पुस्तकालयको बारेमा र यसको कार्यक्रमको बारेमा भन्दै यो पुस्ताकालयलाई यो नगरपालिकाको एउटा सुचना केन्द्रको रुपमा बिकास गर्ने योजना रहेको र सबै ब्यक्तिहरुलाई यो पुस्ताकालयको प्रयोग गर्नको लागि समेत अनुरोध गर्दै कार्यक्रमको समापन गर्नुभयो । कार्यक्रमको सभाध्यक्ष पुस्ताकालय ब्यबस्थापन समितीका तारा प्रसाद कापले र सञ्चालन पुस्ताकालयका जमुना खरेलले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रममा ४० जनाको उपस्थिती रहेको थियो ।