27 C
Kathmandu
Monday, March 1, 2021
2021 Mar 01, Monday 12:05

TRENDING .

हिन्दू राज्य माग्नेलाई अश्रुग्यास र पानीको फोहोरा

- Advertisement -

हिन्दु राष्ट्रको माग गर्दै राप्रपा नेपाल, कांग्रेस नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्का, मुक्तिनाथका पिठाधिश कमलनयनाचार्य र सन्त बाबाहरुले चारैतिरबाट संविधानसभा घेराउ गरेका छन् । हिन्दुवादीहरुले निषेधित क्षेत्र तोडेपछि प्रहरी अश्रुग्यास र पानीको फोहोरा हानेको छ । यस क्रममा ढुंगामुढा समेत प्रहार भएको छ । सनातन हिन्दु राष्ट्र माग गर्दै राप्रपा नेपालले माइतीघरतिरबाट प्रदर्शन गरेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जम्मा भएका राप्रपा नेपालका कार्यकर्ता जुलुससहित आएर प्रदर्शन गरेका हुन् । उता कांग्रेस नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्कासहितको टोली तीन कुनेतर्फबाट प्रदर्शन गर्दै बानेश्वर आएको थियो। खड्काको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरुले प्रहरीले सुरक्षा घेरा तोड्दै अघि बढेपछि झडप भएको हो । उत्तरतर्फबाट धर्मगुरु कमलनयनाचार्य र पूर्वतर्फबाट साधु बाबाहरुले प्रदर्शन गरेका छन् । कमलनयनाचार्य नेतृत्वको प्रदर्शनकारीले प्रहरीमाथि ढुंगापछि झडप भएको छ । प्रहरीले भने भिडलाई तितरवितर बनाउन अश्रुग्यासका साथै पानीको फोहोरा हानेका थिए । पानीको फोहोराले हिन्दू राज्य पक्षधरहरु सडकमा ढलेका थिए ।

 

ताजा खबर

- Advertisement -

Related news

58 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्