8.1 C
Kathmandu
Flowers in Chania

नेपाल-भारत मैत्रीपूर्ण फुटबल: गोलरहित बराबरीमा सकियो

- Advertisement -

पुने (भारत)-नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगिएको छ। भारतको पुनेमा भएको मैत्रीपूर्ण खेलमा नेपालले विपक्षी पोस्टमा खासै आक्रमण गर्न सकेन। तर भारतीय टोलीले गरेका पटक पटकका प्रयासलाई भने असफल पार्योक। भारत र नेपालले खेलेको यो लगातार दोस्रो गोलरहित बराबरी हो। नेपाली टोलीले अन्तर्राष्ट्रिय फुटबलमा गोल गर्न नसकेको ८ खेल पुगिसकेको छ।hari_khadka

झन्डै ६ महिना अघि काठमाडौंमा भएको विश्वकप छनोटको दोस्रो लेगमा नेपाल र भारतले गोलरहित बराबरीमा चित्त बुझाएको थियो। गुहाटीमा भएको पहिलो लेगमा २–० को जितकै कारण भारत अहिले विश्वकप छनोट दोस्रो चरणमा पुगेको थियो। विश्वकप छनोटको दोस्रो चरणको तयारीकै सिलसिलामा भारतले नेपाललाई मैत्रीपूर्ण खेलको निम्तो दिएको हो। यता नेपालले मैत्रीपूर्ण खेललाई डिसेम्बरमा भारतमै हुने साफ च्याम्पियनसिपको तयारीका रुपमा लिएको छ

युवा टोलीको जितबाट प्रेरित नेपाली राष्ट्रिय टोली पुनेस्थित बालेवाडी रंगशालामा भारतविरुद्ध उत्रिएको छ। अन्तरार्ष्ट्रिय मैत्रीपूर्ण खेल भए पनि फागुनमा गुहाटीमा भएको हारको बदला लिने धुनमा नेपाली टोलीले ररहेको छ। यो खेलबाट यु १९ टोलीका सेन्टर–ब्याक अनन्त तामाङले डेब्यु गरेका छन्। उनी पूर्ण फिट नरहेका सन्दीप राईको स्थानमा टोलीमा परेका हुन्।

भारतीय खेलाडी रोविन सिंह निकै खतरनाक देखिएका छन् तर नेपाली डिफेन्स लाइनले उनलाई विफल पारेको छ। अाजको खेलमा नेपालका गोलकिपर किरण लिम्बूले कडा मिहिनेतपूर्वक राम्रो बचाउ गरिरहेका छन्।

भारतविरुद्ध खेल्ने नेपाली टोलीमा जगजित श्रेष्ठ, अञ्जन विस्ट, बिमल घर्तीमगर, अजय खवास, विशाल राई, किरण लिम्बु (गोल किपर), सागर थापा (कप्तान), अनन्त तामाङ, रविन श्रेष्ठ, निरज महर्जन, रोहित चन्द रहेका छन्।

१२ हजार दर्शक क्षमताको रंगशालामा करिब ५ हजार भारतीय फुटबल समर्थक अाएका छन्।

 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्