27 C
Kathmandu
Thursday, July 9, 2020
2020 Jul 09, Thursday 03:10

TRENDING .

यी हुन् दुखाई कम गर्ने घरेलु उपाय

- Advertisement -
अदुवा– मांसपेशीको दुखाईका लागि अदुवामा गिंगेरोल्स नामक तत्व पाइन्छ, जसले दुखाई गराउने हर्मोन उत्पादनलाई रोक्छ । अनुसन्धानकर्ताका अनुसार दैनिक एक चम्चा सुकेको अदुवा वा दुई चम्चा काटेको अदुवा समावेश गर्नुपर्छ ।
ल्वाङ– दाँत दुखाईका लागि दाँत या गिजा दुखेको छ भने एउटा ल्वाङ चपाउँदा दुई घण्टामै निको हुन्छ । ल्वाङमा भएको इजेनोल नामक तत्व प्राकृतिक एनेस्थेटिक मानिन्छ ।
प्याजको रस – कान दुखाईका लागि कान दुख्यो भने तातो बनाइएको प्याजको दुई थोपा रसलाई दैनिक दुई दिनका दरले ५ दिनसम्म राख्यो भने कान दुख्ने समस्या निको हुन्छ । यसले अन्य मेडिकल औषधिले भन्दा चाँडो कानको संक्रमण निको पार्छ । वैज्ञानिकका अनुसार प्याजमा पाइने जर्मानियम, सेलेनियम र सल्फर तत्वले दुखाई गराउने ब्याक्टेरिया मार्छन् ।
चेरी– जोर्नी दुखाईका लागि पछिल्लो अध्ययनअनुसार चार महिलामा एक महिला आर्थराइटिसस, क्रोनिक टाउको दुखाई तथा जोर्नी दुखाईबाट पीडित छन् । यस्ता समस्याका लागि चेरी उपयोगी मानिएको छ । चेरीलाई रातो बनाउन मद्दत गर्ने एन्थोसाइनिन्स नामक तत्व पीडा घटाउनमा सहयोगी हुन्छन् । यो आइबुफ्रेन र एस्पिरिनभन्दा १० गुणा बढी प्रभावकारी हुने बताइएको छ ।
माछा– पेटको समस्याका लागि पाचनमा समस्या, दिसा गर्दा समस्याहुने इरिटेबल बाउल सिन्ड्रोमजस्ता समस्या छन् भने माछाको नियमित सेवन प्रभावकारी हुन्छन् । अध्ययनका अनुसार माछामा पाइने इपिए तथा डिएचए नामक फ्याटी एसिडले पेटको जलन तथा पेट दुखाई निको पार्न मद्दत गर्छ । इपिए र डिएचएले ग्याष्ट्रोइन्टेस्टीनल ट्र्याक्टको कार्यमा सुधार गर्छन् ।
दही– महिनावारीअघिको पीडाका लागि विश्वभर ८० प्रतिशत महिलाहरु महिनावरीको चक्रअघि हुने दुखाईबाट पीडित हुन्छन् । यसका लागि दही उपयोगी हुने बताइन्छ । दहीमा पाइने क्याल्सियम तथा खनिजले हर्मोनका कारण हुने पीडालाई निको पार्न मद्दत गर्छन् ।
गोलभेंडा जूस– खुट्टाको ऐंठनका लागि अध्ययनअनुसार ५ जनामा एकजना खुट्टाको क्र्याम्प अर्थात् ऐंठनबाट पीडित भइरहेका हुन्छन् । पोटासियमको कमीका कारण यस्तो भएको हो । यसका लागि खानामा पोटासियम समावेश गर्नुपर्छ । दैनिक गोलभेंडाको जुस पिउने हो भने यो समस्या हट्छ ।
बेसार– दुखाई निको पार्न अध्ययनहरुका अनुसार पूर्वीय देशमा निकै प्रचलित बेसार एस्पिरिन, आइबुफ्रेनभन्दा तीन गुणा बढी प्रभावकारी हुन्छ । यसले क्रोनिक दुखाईलाई ५० प्रतिशतसम्म घटाउँछ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

कोरोनाबाट मृतकको संख्या २१ हजार २ सय, स्पेनमा मृत्यु चीनको भन्दा धेरै

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ हजार २ सय पुगेको छ । गत २४ घण्टामा विश्वभर २ हजार...

कोरोना भाइरस : लक्षण के हो ? कसरी बच्ने ?

उत्तरी छिमेकी चीनमा यतिबेला ‘कोरोना भाइरस’ले  त्रासदी फैलाएको छ । यो भाइरसका कारण त्यहाँ कतिपयको मृत्यु समेत भइसकेको छ । भाइरसले सैयौं...

ब्लड प्रेसर कम छ ? यसरी बढाउन सक्नुहुन्छ

कम रक्तचाप अर्थात् हाइपोटेन्सन, जसमा शरिरको रक्तप्रवाह निकै धीमा हुन्छ । लो ब्लड प्रेसरका कारण रिंगटा लाग्ने, बेहोस हुने, जिउ गल्ने, कमजोर...

पत्थरीका प्रमुख कारणहरू र बच्ने उपायहरु

पत्थरी भएपछि दूध अथवा दुग्ध उत्पादनहरू, अचार, चटनी, मासु, माछा, चिकेन, जंक फुडहरूको सेवन कम गर्नु पर्दछ। सागपातहरू पनि राम्राेसँग पखालेर मात्र प्रयोग गर्नुपर्दछ।

44 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्