– अनियमित दिनचर्या र खानपान
– पानी कम पिउनु र धेरै समयसम्म पिसाब रोक्नु।
– यो रोग आनुवांशिक पनि हुन सक्छ।
– मूत्रनलीमा इन्फेक्सन भएमा पनि हुन सक्छ।
उपचार विधि
– रगतमा रहेको विकार पिसाब दिशाको मार्फत बाहिर फ्याक्ने काम मृगौलाको हुन्छ। त्यसैकारण यसका लागि प्राकृतिक वाष्पिकरण, हाइड्रोथेरापी गरेर यस्ता पत्थरीहरू पगालेर बाहिर निकाल्ने प्रयास गरिन्छ।
– प्रारम्भिक चरणको पत्थरीमा अधिक पानी पिएर पिसाबमार्फत बाहिर निकाल्न सकिन्छ।
– यसका लागि होमियोप्याथी तथा आयुर्वेदहरूको सहायता लिन पनि सकिन्छ।
– यदि ठूला किसिमको पत्थरीहरू भएमा यसको अन्तिम उपाय भनेको सर्जरी नै हो।
– यसबाट बच्नका लागि माथिका प्रमुख कारणहरूबाट सजग रहनु पर्दछ।
– पत्थरी भएपछि दूध अथवा दुग्ध उत्पादनहरू, अचार, चटनी, मासु, माछा, चिकेन, जंक फुडहरूको सेवन कम गर्नु पर्दछ। सागपातहरू पनि राम्राेसँग पखालेर मात्र प्रयोग गर्नुपर्दछ।
- Advertisement -

- Advertisement -

- Advertisement -
