24.1 C
Kathmandu
Saturday, April 20, 2024
Flowers in Chania

सरकारलाई नेविसंघको यस्तो व्यंग्यः बलात्कारीविरुद्ध नबोलौ अरिंगालले टोक्ला !

- Advertisement -Flowers in Chania

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सोमबार काठमाण्डुमा प्रदर्शन गरेको छ । सरकारले पीडितलार्इ न्याय दिन नसकेको र बलात्कारीको संरक्षण गरेको भन्दै केन्द्रीय समितिको आयोजनामा नेविसंघले सरकारविरुद्ध नारावाजीसमेत गरेको थियो ।

‘बलात्कारीलाई संरक्षण किन ?’, भन्दै सरकारविरूद्ध प्रदर्शनमा उत्रिएको नेविसंघले ‘बलात्कारी, हत्यारा, माफियाविरुद्ध नबोलौ अरिंगालले टोक्ला !’ भन्दै सरकारप्रति व्यङ्ग्यसमेत गरेको छ । केही दिनअघि एक कार्यक्रममा सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बिरोध गर्नेहरूप्रति अरिंगाल जस्तै बनेर प्रतिवाद गर्न निर्देशन दिएका थिए । बलात्कार र हत्याका घटनामा संलग्नलार्इ कारबाहीको माग गर्दै बिरोध भइरहेका बेला प्रधानमन्त्रीले दिएपछि नेविसंघले व्यङ्ग्य गरेको हो । असोज-२, २०७५

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्