24.1 C
Kathmandu
Friday, April 19, 2024
Flowers in Chania

चितवनको जुगेडी पुलबाट ट्रक खस्यो, दुई जनाको मृत्यु, १ जना गम्भीर

- Advertisement -Flowers in Chania

नारायणगढ–­मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ जुगेडी पुलबाट ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।

काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्वर प्लेटको एमएच ४२ टी ०३४३ नम्बरको भारतीय ट्रक जुगेडी पुलबाट करिब ५० मिटर तल खोल्सामा खसेको हो ।

दुर्घटनामा ट्रक चालक भारतको बलरामपुर बस्ने २५ वर्षीय जुबेर मोहम्मद र नाम थर नखुलेका अर्का एकजना पुरुषको मृत्यु भएको छ । एक जनाको घटनास्थलमा नै र अर्काको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा भारत बलरामपुरकै करिव ४० वर्षका फिरोज आलमको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । २०७५ साउन २६

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

4 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्