24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

भारदहमा सयौं सवारी साधनमा तोडफोड, ३ दर्जन बढी यात्रु घाइते

- Advertisement -Flowers in Chania


​आश्विन १०, २०७२- दंगाग्रस्त क्षेत्रको उलंघन गर्दै प्रदर्शनकारीहरुले आइतबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदह खण्डमा सयौं सवारी साधनमा ढुंगामुढा गरि तोडफोड गरेका छन् । प्रर्दशनकारीहरुले हानेको ढुंगामुढाबाट बसमा सवार तीन दर्जनभन्दा बढी यात्रुहरु घाईते भएको प्रहरीले जनाएको छ ।

गम्भिर अवस्थाको तीनजनालाई उपचारका लागि विराटनगर पठाइएको र बाँकी तीन दर्जन समान्य घाईतेहरुलाई बसमै राखि गन्तव्य तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालका एसपी शिशिर कर्माचार्यले बताए । उनका अनुसार यात्रुहरु पदमबहादुर दास, राजकुमार लोकचन र गौतम यादावलाई गम्भिर चोट लागेकाले उपचारकालागि विराटनगर पठाईएको हो । यी तिनैजनालाई प्रदर्शनकारीहरले हानेको ढुंगा लागेर टाउकोमा गम्भिर चोट लागेको एसपी कर्माचार्यले बताए । ढुंगामुढा गरेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा समेत लिएको छ ।

प्रदर्शनकारीहरुले गरेको ढुंगामुढाबाट फुटेको सिसा कोशी ब्यारेजदेखि कंचनपुर सम्मको झण्डै १५ किलोमिटर सडक खण्डमा यत्र तत्र देखिन्छ । झरेको सिसाका कारण सडकमा साईकल तथा मोटरसाईकल समेत चलाउन समस्या भएको छ ।

स्थानिय प्रसासनले सप्तरीमा कोशी नदीदेखि बलान खोलासम्म ४५ किलोमिटर राजमार्ग क्षेत्रमा दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । कोशी ब्यारेजमा बोलबम मेलाको भीडमा लुकेर प्रदर्शनकारीहरुले ढुंगामुढा गरेको प्रहरीले दाबी गरेको छ । तर, ढुंगामुढा गर्नेहरु भागेपनि मेला भर्न आएका दर्शनार्थी भक्तजनहरुलाई प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरि कुटपीट गरेको मेला समितिका अध्यक्ष कमलदेव मण्डलले गुनासो गरे । पाँच दर्जनभन्दा बढी दर्शनार्थीहरु घाईते भएको उनले बताए । घाइतेमध्ये दुईजना महिलालाई उपचारकालागि विराटनगर पठाईएको छ भने, एक दर्जन स्थानिय स्वास्थ्य क्लिनीकमा उपचारपछि घर फर्केको अध्यक्ष मण्डलले जानकारी दिए । चतुर्दशीको अवसरमा कोशी ब्यारेजमा जल भरेर बुलवा घोघनपुरस्थित भजनेश्वर महादेव र महदेवा स्थिति अंकुरी महादेव मन्दिर जल चढाउने परम्परा रहेको छ । यहि अवरमा हिजो जल भर्न भक्तजनहरु ठुलो संख्यामा कोशी ब्यारेजमा राति मेला लाग्ने गर्छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्